२०७९ साउन २६ गते | 11th of August 2022

पहिलो चरणमा केन्द्रिय सदस्य मनोनयन गर्दै सभापति देउवा

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष ८ गते ११:३१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको बिधान अनुसार केन्द्रिय सदस्यको मनोनयन प्रकृया अघि बढाएका छन । सभापति देउवाले पहिलो चरणमा   ३ जना नेताहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने भएका छन्। देउवाले  नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहलाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।  केन्द्रीय सदस्य मनोनित हुन लागेका सिंह १४औं महाधिवेशनमा पार्टी सभापतिका प्रतिस्पर्धी थिए। सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सिंहले देउवालाई समर्थन गरेका थिए।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक शनिबार बस्न लागेको छ। केन्द्रीय समितिको पहिलो बैठक बस्नु अगाडि सभापति देउवाले ३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।  कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने व्यवस्था छ।