२०७९ असार १३ गते | 27th of June 2022

आवास निर्माणले ल्याएको खुसी

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १६ गते १२:५६

गोरखा — गोरखा पालुङटारका दलबहादुर बिश्वकर्मा (६२) आफनै घरमा बस्न पाउँदा खुसी देखिन्छन । २०७२ बैशाख १२ गतेको भुकम्पमा उनी बस्दै आएको सानो छाप्रो पनि ढल्यो । केही वर्ष अर्काको घरमा आश्रय लिएर बसेका उनी यती बेला भने आफनै भुकम्प प्रतिरोधी घरमा बस्न पाएका छन । उनी भन्छन — “मैले आफनै जग्गामा यस्तो घर होला भन्ने सोचेको पनि थिइन ।

गोरखा पालुङटारका दलबहादुर बिश्वकर्मा

१० वर्ष अघि आँखाको ज्योती समेत गुमाएका दलबहादुर भुकम्पमा घर भत्किएकाहरुलाई सरकारले घर वनाईदिने भन्ने खबर पाउदा खुसी त भएका थिए तर आफु सँग जग्गाको लालपुर्जा नहुदाँ नेपाल सरकारको पुननिर्माण मापदण्डमा पर्न नसकेकोमा लामो समय चिन्तित भएको बताँउछन । तर उनी जस्ता भुमिहिन परिवारलाई घर निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीय पालिकाको निर्णयले उनी जस्ता भुमीहिन परिवारलाई खुसी भने ल्याईदियो । यो सँगै घर निर्माणका लागि दुई लाख रुपैयां उपलब्ध भएपछि उनीहरुको आफनै घरमा वस्ने सपना पनि पुरा भएको छ । घर वनाउन भारत सरकारले प्रदान गरेको तीन लाख रुपैयां आर्थिक सहयोगले दलबहादुर जस्ता भुमिहिनहरुले न्युनतम आवश्यकता सहितको घरमा वस्ने अवसर पाएका छन ।
दलबहादुरकै छिमेकी रमशरण बिश्वकर्मा (२६) भन्छन — “यसरी घर वनाउन पाउदाँ हाम्रो खुसीको सीमै छैन । भुकम्प पछि लथालिङ भएको जीवन घर निर्माण पछि पुन व्यवस्थित हुन थालेको छ उनी थप्छन” । गोरखा नगरपलिका ११ की सन्सरा सुनार (६४) पनि यति बेला नयाँ घरमा बस्न थालेकि छिन । भुकम्पले घर भत्किए पछि नयाँ घर बनाउन सकिएला भन्ने उनले सोचेकि थिईनन ।

सन्सरा सुनारको घर

अहिले छोरा बुहारी सँगै तीन कोठाको नयाँ घरमा उनी वस्दै आएकी छिन । घर बनाउन प्राप्त तीन लाख रुपैयाँ सँगै छोराले कमाएको केही रकमले बनेको घर देखाउदै उनी भन्छिन — राम्रो घर बनेको छ । ”
यसरी निर्माण भएका घरमा प्रयोग हुने निर्माण सामाग्री स्थानीय नै हुने स्थानीय सहजकर्ता एंव घर निर्माण संलग्न आवास निर्माण साथी एएनएसका प्रशिक्षक डम्वरबहादुर सुनार बताउछन ।

एएनएसका प्रशिक्षक डम्वरबहादुर सुनार

नयाँ घर निर्माण पछि भूकम्प पिडितहरुको जीवनमा खुसी मात्र फर्किएको छैन यसले आत्मनिर्भर समेत बनाएको छ । युएनडिपीको पहलमा घर निर्माण गर्न हाल वडा वडामा डकर्मी तालिम लिएका मिस्त्रीहरु छन जस्ले आफनो घर आफै वनाएका छन । पुरुष मात्र होईन महिलाहरु पनि यस्तो तालिम प्राप्त गरि घर बनाउन सक्षम बनेका छन । यसैमा पर्छिन गोरखाकी मनमाया सुनार (३५) पनि । आवास निर्माण साथी अन्र्तगत तालिम लिएर घर निर्माणको काममा हिडन थालेपछि उनको दैनिक गुजारा केही सहज बनेको छ । ‘घर निर्माणको सीप सिकेर अहिले म मिस्त्रीको काम गर्छु’’, मनमायाले खुसी हुदै भनिन्, ‘‘सीप भएपछि पारिश्रमिक पनि हुने रैछ। अहिले म दैनिक ८ सय कमाउछ ु। यसले मेरो जिवन धेरै हदसम्म्म सहज भएको छ।’’ उनी भन्छिन ।

मनमाया सुनार

भुकम्पबाट पुर्ण क्षती पुगेको घर पुनर्निमाण गरिएका छन भने अांशिक मात्र क्षति पुगेका केही घर रेट्रोफिटिङ गरि पुरानै स्वरुपमा बस्न योग्य पारिएको छ । यहि मध्य बिमला लामा (५५)को घर पनि पर्छ । बिमला आफनो घर भुकम्पले भत्किए सँगै छिमेकीको घरमा बसेर गुजारा चलाउदै थिईन । आफनो पुरानो घरको मायाले उनलाई बारम्बार सताउने गथ्र्यो उनी भन्छिन – दुख गरेर बनाएको घर छोडेर बस्नु पर्दा नरमाईलो लागेको थियो ।” बिमला छिमेकीको घरमा बसे पनि भुकम्पले क्षती पुगेको घरको मायाले घर हेर्न गैरहन्थीन । तर केही समय पछि उनको घर रेक्ट्रोफिटिङ गरि बस्न हुने प्राविधिकहरुको सल्लाह पछि उक्त कार्य सम्पन्न पश्चात बस्न योग्य बन्यो । उनी भन्छिन— अहिले यो घर नमुना घर वनेको छ । म यहीं घरमा पहिले जस्तै आनन्द सँग बस्न पाएको छु । ”

बिमला लामा

युएनडिपी नेपालका आवासीय उप प्रतिनिधि बेरनाडो कोको भारत सरकारको अनुदानमा संचालित पुनर्निमाणको काम सम्पन्न भएको बताउँछन । गोरखा र नुवाकोटमा यसरी घर बनाउने काम मात्र सम्पन्न भएको छैन यस कार्यले महिला र पुरुषमा क्षमताको समेत विकास गरिदिएको छ ।

युएनडिपी नेपालका आवासीय उप प्रतिनिधि बेरनाडो कोको

नेपालस्थित भारतीय दुतावासकी उपप्रमुख नामग्या सि खाम्पा भन्छिन — आवास जस्तो आधारभुत आवश्यकतामा सहयोग गर्न पाँउदा हामी धेरै खुसी छौं सँगै यस मार्फत स्थानीयबासीहरुमा सीप क्षमता र अवसरको समेत सृजना भएको छ ।”उनले भारत सरकारले नेपालको शिक्षा , स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा सहयोग गर्दे आएको पनि उल्लेख गरिन ।

नेपालस्थित भारतीय दुतावासकी उपप्रमुख नामग्या सि खाम्पा

भारत सरकारले भुकम्पवाट धेरै क्षती पुगेको गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर निर्माण गर्न नेपाल सरकार सँग सम्झौता गरे सँगै गोरखामा २६ हजार ९ सय १२ घर निर्माण भएका छन ।