२०७९ साउन २६ गते | 11th of August 2022

नेपालमा लक्षित जनसंख्याको ५५.२ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाए

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २३ गते १३:५८

काठमाडौं – नेपालमा लक्षित जनसंख्याको ५५.२ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार पहिलो १ करोड ४९ लाख २ हजार ६८७ जनाले पहिलो र १ करोड १० लाख २ हजार ९७६ जनाले दुवै डोज खोप लगाएका हुन् ।

नेपालमा अहिले १८ वर्षमाथिका नागरिकलाइै भेरोसेल र एस्ट्राजेनेका खोप दिइँदैछ भने १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ५७ जिल्लाबाट मोर्डना खोप दिइँदैछ ।  त्यसैगरी विदेश जान लागेका नागरिकहरूका लागि पनि काठमाडौंका चारवटा अस्पतालबाट जोनसन एन्ड जोनसन खोप दिइँदैछ ।