२०७९ साउन २६ गते | 11th of August 2022

नेताहरुमा देखिन थाल्यो कोरोना सक्रंमण, प्रधानमन्त्री देउवा आइसोलेसनमा

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २४ गते १४:३७

काठमाडौं  –  प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि होम-आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेसनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका हुन्।

दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए। प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।  माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको संक्रमण  पुष्टि भएको छ।

-रासस