२०८१ वैशाख १३ गते | 25th of April 2024

अस्ट्रेलियामा चम्किँदै नेपाली फुटबलर मास्के

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २४ गते ११:२३

अस्ट्रेलिया – उनी नेपालका राम्रा फुटबलरको सूचीमा पर्थे। मनाङ मर्स्याङ्दीबाट ब्यवसायीक फुटबल खेल्ने सुलभ मास्के नेपाली फुटबलमा प्रतिभाशाली खेलाडीका रूपमा स्थापित भइसकेका थिए।

नेपाली फुटबलमा चिनिएका सुलभ खेल्दा खेल्दै उच्च अध्ययनका लागि अस्ट्रेलिया हानिए, धेरैले पत्तो पनि पाएनन्। नेपाली फुटबलको खिचातानी र लिगको अस्तब्यस्तले त्रस्त भइसकेका मास्केलाई अस्ट्रेलियामा केही गर्न सकिन्छ भन्ने आशा थियो।

केही समय अध्ययन र अध्यापनले थिचिएका मास्के अस्ट्रेलियाको उत्तरी शहर डार्बिनमा बस्न थाले। आफूले जानेको कलालाई लुकाएर राख्नु हुन्न भन्ने परिवारको सल्लाह र आफ्नो लगावले उनलाई त्यहाँ पनि फुटबलमा त्यान्यो।

नेपाली समाज भित्र भइरहने थुप्रै प्रतियोगितामा मेलवर्न र सिड्नी चक्कर लगाए। यसैबीच उनले डार्बिनकै ब्यवसायीक क्लबबाट फुटबल खेल्ने मौका पाए।

अहिले डार्बिनको ए डिभिजन क्लब हेलेनिक एथ्लेटिक्सबाट ब्यवसायीक फुटबल खेल्दै आएका शुलभले मंगलबार मात्र एफएफए कपमा सिड्नीको सिड्नी वन्डर्स विरुद्ध दुई गोल गरे। उनले दुई गोल गरे पनि टोलीले भने ४-३ को पराजय भोग्नु पर्‍यो।

उनले गरेका दुबै गोल खेलको आकर्षणका केन्द्र बनेका थिए। एउटा निकै साँघुरो एंगलबाट हानेको फ्रिकीकलाई गोलमा परिणत गरेका शुलभले कमेन्टेटरकोसमेत वाहवाही पाएका थिए।

त्यस्तै अर्को एकल प्रयासमा गोलरक्षक अगाडि बढेको मौका पाएर चिप गरेको गोल हेर्न लायक थियो। डार्बिनको फुटबलमा यतिखेर निकै चर्चा कमाएका यी नेपाली युवाले यसअघि पनि हेलेनिकको जितका लागि केही कहत्वपूर्ण गोल गरिसकेका छन्।

अस्ट्रेलियाको उत्तरी भेगीय लिग फुटबलमा १९ गोल गरेर सर्वाधिक गोलकर्ता समेत बनेका सुलभले नेपालको तर्फबाट युवा राष्ट्रिय टोलीमा समेत स्थान बनाएका थिए।

नेपालको तुलनमा यहाँ फुटबल खेल्न निकै चुनौती हुने उनले भने। ‘नेपालका प्राविधिक रूपमा फुटबल खेलिए पनि अस्ट्रेलियामा भने शारीरिक रुपमा फुटबल खेल्नुपर्छ, जुन हाम्रो शारीरिक बनोटका लागि निकै ठूलो चुनौती छ,’ शुलभले अनुभव सुनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *