२०८१ वैशाख ११ गते | 23rd of April 2024

पोखरा १० मा काँग्रेस अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ५ गते ०:०५

पोखरा, जेठ ५ ।
पोखरा लेखनाथ महानगरपालिका स्थित जारी मतगणना अन्तर्गत १० नम्बर वडामा नेपाली काँग्रेसको प्यानल नै अगाडी छ । काँग्रेसका वडाध्यक्ष उम्मेदवार राज कुमार गुरुङले ८ सय १५ मत ल्याएका छन् भने एमाले उम्मेदवार महेन्द्र कुमार गुरुङको ६ सय ४ मत छ ।
सदस्यहरुमा सम्मर बहादुर श्रेष्ठ, दिपक बहादुर थापा, महिला सदस्यमा निसा मल्ल र दलित महिला सदस्यमा प्रतिभा विक (पोख्रेल) अगाडी छन् । मेयरमा भने एमाले भन्दा काँग्रेस उम्मेदवार केही पछाडी छन् । एमालेका उम्मेदवार मान बहादुर जिसीको ७ सय ३४ मत आउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरको ७ सय १४ मत छ । उपमेयरमा काँग्रेस उम्मेदवार सरस्वती गुरुङ अगाडी छिन् । उनले ७ सय ७७ मत पाउँदा एमाले उम्मेदवार मञ्जु गुरुङको ६ सय ७८ मत छ ।

नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
७१४ ७७७ ७३४ ६७८
वडाध्यक्ष-८१५ वडाध्यक्ष-६०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *