२०८१ वैशाख १३ गते | 25th of April 2024

मनिषाले लेखिन आफ्नो किताब

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २६ गते ११:१६

बलिउड – बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला अब लेखिका बनेकी छन् । उनले लेखेको पहिलो पुस्तकको नाम रहेको छ, ‘द बुक अफ अनटोल्ड स्टोरिज’ । मनिषाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पहिलोपटक किताबको नाम सार्वजनिक गरेकी हुन् । उनले किताबको फस्र्ट लुक पनि सेयर गरेकी छन् । किताब कस्तो प्रकारको हो भन्ने चाहिँ उनले केही खुलाएकी छैनन् । साथै मनिषाले आफ्नो भेरिफाइड टि्वटर ह्यान्डलबाट टि्वट गर्दै प्रकाशकलाई धन्यवाद दिएकी छन् ।

‘धन्यवाद पेग्विन इन्डिया र गुरवीन चड्डा, मलाई आफ्नो कथा सनाउन प्रेरित गरेकोमा । यो मेरो पहिलो किताब हो । आशा छ अरु धेरै आउनेछन् किनकी म यो काममा रमाइरहेकी छु,’ मनिषाले लेखेकी छन् । बलिउडमा लामो समय सक्रिय रहेकी मनिषा सन् २०१२ मा क्यान्सरबाट पिडित बनेकी थिइन् । उनले अमेरिकामा रहेर क्यान्सरको उपचार गराइन् । आफ्नो पुस्तकमा क्यान्सर रोग र उपचारको अनुभवलाई उनले विस्तृतरुपमा उल्लेख गरेको अनुमान गरिएको छ । साथै आफ्नो असफल वैवाहिक जीवनका विषयमा पनि केही रहस्योद्घाटन गर्न सक्नेछिन् । मनिषाले नेपालका व्यवसायी सम्राट दाहालसँग विहे गरेको छोटो समयमै अलग्गिएकी थिइन् ।

Caption: Mumbai: Actress Manisha Koirala at a book launch in Mumbai on May 5, 2018. (Photo: IANS)

क्यान्सरबाट मुक्त भएपछि मनिषा पुन बलिउडमा सक्रिय हुने प्रयास गरिरहेकी छन् । उने अभिनय गरेको फिल्म ‘सञ्जु’ हालै प्रदर्शनमा आएको थियो । चाँडै उनी एउटा वेब सिरिजमा पनि लिड रोलमा देखिदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *