२०८१ वैशाख ८ गते | 20th of April 2024

फिल्मबाट टाढा भएर पनि १०० करोड कमाउँछन् सुनिल सेट्ठी

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २७ गते १०:४४

मुम्बई – ९० को दशकमा उनका अघि ठूला–ठूला स्टार पनि फिक्का लाग्थे । उनी जुन रोलमा देखिन्थे, सुपर स्टार हुन्थे, सुपरस्टार सुनिल शेट्टी ।

उनले शनिवार ५७ औं जन्मदिन मनाएका छन् । उनी अहिले फिल्म देखि टाढा छन् । तर, स्टारडमको कुरा गर्ने हो भने अहिले चलेका स्टारको भन्दा कम छैन । केही समय अघि उनी आफ्ना तस्विरका कारण भाइरल भएका थिए । जुन तस्विरमा उनी बडी बनाउँदै गरेको देखिएका थिए ।

उनी सफल अभिनेता मात्रै होइनन्, सफल बिजनेशम्यान समेत हुन् । उनको कारोबार यती धेरै छ की उनले हरेक बर्ष १०० करोड बढी कमाउँछन् । उनी फिल्म भन्दा टाढा रहेर पनि कुनै ब्लकबस्टर स्टार भन्दा कम छैनन् । उनले अहिलेसम्म ११० फिल्ममा काम गरेका छन् । भारतीय मिडियाका समचारलाई आधार मान्ने हो भने उनी १२ बर्षपछि फिल्म ‘भागमभाग’को सिक्वेलमा चाँडै देखिने भएका छन् । सुनिल र प्रियदर्शन फिल्मको सिक्वेल बनाउने योजनामा छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *