२०८१ वैशाख ७ गते | 19th of April 2024

दोस्रो पटक साटे प्रियंका र आयुष्मानले औँठी

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २७ गते १०:५२
काठमान्डौं – गएको महिना इन्गेजमेन्ट गरेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले फेरि औँठी साटेका छन् । शनिवार काठमाडौंमा रहेको पाँचतारे होटल द्वारिकामा पारिवारिक समारोहका बीच दुवैले दोस्रो पटक एकअर्कालाई औँठी पहिराए ।
लामो समयदेखि प्रेममा रहेका यी दुईको विवाहको मिति भने अझै तय भएको छैन । पुनः प्रियंका र आयुष्मानले औँठी साट्दा दुवैले विश्वास गर्ने सिमित चलचित्रकर्मीहरुको मात्र उपस्थिति थियो ।
रियल लभ कपललाई बधाई दिन दीपकराज गिरी, दीपाश्री निरौला, वर्षा राउत, संजोग कोइराला, स्वस्तिमा खड्का, निश्चल बस्नेतलगायत पुगेका थिए । प्राप्त जानकारी अनुसार, प्रियंका र आयुष्मानको विवाहको डेट अर्को वर्षलाई तय गर्ने तयारी चलिरहेको छ ।
दोस्रो पटक औँठी साटासाट गर्दैगर्दा मख्ख देखिएका आयुष्मान र प्रियंकाले एकै रंगको पहिरन लगाएका थिए । प्रियंकाले खरानी रंगको लेहगा लगाएकी थिइन् भने आयुष्मान सुटमा ठाँटिएका थिए । औँठी एकअर्कालाई लगाएपछि दुवैले प्रेमिल गीतमा नृत्य पनि गरे ।
फिल्म ‘कथा काठमाण्डू’ सँगै गरेपछि यो जोडी बढी नै नजिकिने मौका पाएको थियो । उमेरले प्रियंकाभन्दा आयुष्मान कान्छा हुन् । ‘चपली हाइट २’ का डेब्यु हिरो आयुष्मान यसअघि सोही फिल्मकी परमिता राज्यलक्ष्मी राणासँग नजिक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *