२०८१ वैशाख ७ गते | 19th of April 2024

गंगामायाको भत्केको घरमा म्याद तामेली टांसियो

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २७ गते ११:१०

गोरखा – फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणका जाहेरवाला नुरप्रसाद अधिकारीको घरमा म्याद तामेल गरिएको छ ।

गोरखा अदालतका तामेलदार टेकबहादुर वली र टीकाराम थापाले साउन २३ गते बेलुका फुजेल पुगेर अधिकारीको वर्षौँदेखि बस्न छाडेको जीर्ण घरको दैलोमा म्याद टाँस गरी फर्किएको गोरखा अदालतका श्रेष्तेदार गोविन्द आचार्यले जानकारी दिए । जाहेरवाला नुरप्रसाद अधिकारीलार्ई भदौ ४ गते सोमबारका लागि बकपत्र गर्न अदालतले गत साउन २० गते आदेश गरेको छ ।

गण्डकी गाउँपालिका–३ का वडाअध्यक्ष नवराज श्रेष्ठले वडा कार्यालयमा पनि म्याद तामेल भएको कागजमा रोहवरको रूपमा हस्ताक्षर गरेका छन् । यसअघि फुजेल गाउँमा रहेको चौताराको पिपलबोटमा म्याद तामेल भएको थियो ।

यसअघि भएको म्याद तामेलीबाट बकपत्रका लागि नुरप्रसाद नआएपछि उनको नामको म्याद पुन तामेल जारी गर्ने आदेश भएको हो । अदालतले नबुझी नहुने भनेको जाहेरवालाको अनुपस्थितिमै फैसला गर्न लागिएको भन्दै जाहेरवाला पक्षका वकिलहरूले आपत्ति प्रकट गरेपछि पुनः म्याद तामेल जारी गर्न न्यायाधीश कुलप्रसाद शर्माबाट आदेश भएको हो ।

नुरप्रसादको परिवार ०६४ पुस १० गते नै गाउँ छाडेर गोरखा सदरमुकाम बसाइ सरेको थियो । तर, गोरखा अदालतका तामेलदारहरूले सोही घरमा पुगेर म्याद टाँसेर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *