२०८१ वैशाख १४ गते | 26th of April 2024

प्रशिक्षणमा, मिस नेपाल युएसका सहभागीहरु

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ३० गते ८:३०

टेक्सास – यतिबेला अमेरिकाको टेक्ससमा सौन्दर्य प्रतियोगिताको चहलपहल बढेको छ । मिस नेपाल युएस सौन्दर्य प्रतियोगिताको तयारी स्वरुप यस्तो चहलपहल बढेको हो । प्रतियोगितामा सहभागी १७ जना प्रतिस्पधीहरु सम्बन्धी विशेषज्ञबाट प्रशिक्षण लिनमा व्यस्त छन् । प्रतियोगिहरुलाई चर्चित कोरियोग्राफर सुरेश मानन्धरले ¥याम्पमा क्याटवाक गर्न सिकाइरहेका छन् । त्यस्तै फोटोग्राफर राजीव श्रेष्ठ तथा पुर्व मिस नेपाल मलिना जोशीले पनि प्रहिक्षण दिइरहेको आयोजकले जनाएको छ । अर्भिङमा आयोजित सहभागिहरुको अन्तरक्रिया कार्यक्रममा उनिहरुले महिला स्वास्थ्य, सडकबालबालिका र नेपालका दुर्गम क्षेत्रका समस्याहरुलाई समाधान गर्न आ–आफनो तर्फबाट पहल गर्ने जनाएका थिए ।
नेपाल ११ इन्टरटेन्टमेन्टले अगष्ट १९ मा प्रतियोगिता गर्न लागेको प्रतियोगितामा १७ जना प्रतिस्पर्धी युवतिहरुले सहभागी जनाएका छन्, कार्यक्रम संयोजक अदिति खरेलले जानकारी दिइन ।

सुन्दरता र क्षमताको मापन हुने प्रयिोगितामा उपाधी जित्ने होडमा सबैले आ–आफनो ठाउ“बाट मिहिनेत गरिहेका छन् छन् ।हरेक वर्ष हुदै आएको मिस नेपाल युएसको छैठौ संस्करणको प्रतियोगिताका लागीअमेरिकाका विभिन्न राज्यब्ँँट आएका ५७ आवेदनहरु मध्येबाट उनिहरु अन्तिम प्रतिस्पर्धाका लागी छनौटमा परेका हुन ।आयोजकका अनुसार अमेरिकामा रहेका प्रतिभावान युवतिहरुको सुन्दरता, क्षमता तथा संस्कृतिलाई उजगार गर्न प्रतियोगिता गर्न लागिएको हो ।प्रतियोगितामा १८ देखि २५ वर्ष उमेर समुहका अमेरिकामा बसोबास गरिरहेका नेपाली युवतिहरुको सहभागिता रहेको छ । नेपाल स्थित इ प्लानेन्ट प्रालिको सहकार्यमा अमेरिका स्थित इभेन्ट प्लानेन्ट इनको आयोजनामा पाच वर्ष देखि हुदै आएको हो ।

प्रतियोतिगामा ताज जित्नेले ५लाख रुपैया बराबरको छात्रवृत्ति, पर्यटन वर्ष २०२० को गुडविल एमबेस्डर लगायतका पुरस्कार र उपाधि हात पार्नेछन् । सन्२०११ देखि सुरु भएको मिस नेपाल युएसमा पहिलो पटक बासिङटन डिसीमा बसोबास गर्ने सुजिता बस्नेत पहिलो मिस नेपाल युएस बनेकी थिइन । त्यस्तै २०१२ मा भर्जिनियाकी आस्था श्रेष्ठ, २०१३ मा न्युयोर्ककी बर्तिका राई, २०१४ मा ओहायो राज्यकी खुश्बु मिश्र तथा २०१५ मा नर्थ क्यारोलिनाकी प्रियंका थपलियाले ताज पहिरिएका थिए । प्राविधिक कारणले दुई वर्ष रोकिएको प्रतियोगिता यसै वर्ष देख नियमित संचालन हुन लागेको आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्ड, नेपाली समाज टेक्सस तथा सिटी अफ प्लानोले समेत प्रतियोगितालाई सहकार्य गरेको आयोजक संस्थाका प्रतिक सुवेदीले जानकारी दिए ।
तस्विर – राजीव श्रेष्ठ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *