२०८१ वैशाख ७ गते | 19th of April 2024

‘नाई नभन्नु ल – ५’ भाद्र ८ गतेदेखी प्रदर्शनमा

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ५ गते २:५५

काठमान्डौं – सुपरहिट सिरिज ‘नाईं नभन्नू ल’ बयष्क हुँदै गएको छ । लगातार चौँथो सिक्वेलसम्म हिट भएको यो फिल्मको पाँचौ सिरिज यही हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । नेपालमा आजसम्म कुनै पनि फिल्म पाँचौ सिरिजसम्म बनेका छैनन् । यो आफैंमा एउटा रेकर्ड हो ।

भेट्रोन निर्देशक विकासराज आचार्यले हरेक श्रृंखलामा कलाकार परिवर्तन गर्दै आइरहेका छन् । अभिनेता जीवन लुईटेल र अभिनेत्री ऋचा सिंह ठकुरीबाट ‘नाईँ नभन्नू ल’ को सुरुवात भएको थियो । यसपछि क्रमशः सिक्वेल बनिरह्यो र दर्शकले रुचाइरहे ।  ‘नाईं नभन्नू ल’ भन्ने वितिक्कै दर्शक रुवाउने फिल्म भन्ने बुझिन्छ । मनछुने गीतसंगीत, इमोसनल स्टोरी र बाल कलाकार अनुभव रेग्मी यस सिरिजका विशेषत हुन् । दोस्रो सिरिजदेखि जोडिएका अनुभव र अभिनेत्री प्रियंका कार्की पाँचौ सिरिजसम्म पनि निरन्तर छन् ।

चलचित्रमा चर्चित अमेरिकी नेपाली ब्यवसायीहरु हरिबोल भन्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।

जीवन लुईंटेलले यो फिल्मको दुई श्रृंखला गरे । तेस्रोमा अभिनेता आर्यन सिग्देल जोडिए । चौँथोमा अभिनेता पल शाह, आँचल शर्मा र बर्षा राउतले लिड रोलमा ब्रेक पाएका थिए । ‘नाईं नभन्नू ल ५’ मा फेरि एकपटक निर्देशक आचार्यले नयाँ कलाकारलाई डेब्यु गराएका छन् । बाल कलाकारमा सेड्रिना शर्मा र नव-नायकमा अभिषेक नेपाल यो फिल्मबाट डेब्यू गर्दैछन् ।

सेड्रिनाको जोडी बाल कलाकार अनुभव रेग्मीसँग बाँधिएको छ भने अभिनेत्री स्वस्तिमा खड्काले अभिषेकसँग रोमान्स गरेकी छन् । ‘नाईं नभन्नू ल’ को सिरिजमा पहिलो पटक स्वस्तिमासँगै केकी अधिकारी, दीलिप रायमाझी र निरुता सिंह पनि जोडिएका छन् । यूट्युबमा २५ लाख बढी पटक हेरिएको ट्रेलर, ३५ लाख बढी पटक हेरिएको ‘तिम्रो आँखामा’ र १६ लाख बढी पटक हेरिएको ‘बालापनको उमेर’ गीतको कारण पनि चर्चामा रहेको ‘नाईं नभन्नू ल ५’ यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक हो । यसकारण पनि फिल्म कस्तो बनेको होला ? जो कोहीका लागि यतिबेला चासोको विषय बनेको छ ।

अघिल्ला सिरिजको कमाईको रेकर्ड तोड्नु र दर्शकमा ‘नाईं नभन्नू ल’ प्रति विश्वास कायमै राख्नु यसपटक पनि निर्माण टिमका लागि सबैभन्दा ठूलो चुनौती हो । हुनत, यो टाइटल आफैंमा एक ब्रान्ड हो । दर्शक नामकै कारण पनि हलसम्म पुग्ने गर्दछन् । हरेक नेपालीको जिब्रोमा ‘नाईं नभन्नू ल’ झुन्डिएका कारण ‘नाईं नभन्नू ल ५’ को व्यापार आक्रामक हुनेमा शंका छैन । फिल्ममा यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ ।

निर्देशक आचार्य भन्छन्, ‘यो शृंखला कथा वाचन र प्राविधिक हिसाबले पनि थप अब्बल बनेको छ । यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं ।’ बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् ।

ट्रेलर हेर्नुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *