1

युएस नेपाल पोलिसी रिसर्च सेन्टरको तेस्रो सम्मेलन सम्पन्न

979 पटक पढिएको

बोस्टन – नेपाली अमेरिकन बिज्ञहरु को संस्था युएस नेपाल पोलिसी सेन्टरको तेस्रो वार्षिक सम्मेलन बोर्ड बैठक बोस्टन शहरमा सम्पन्न भएको छ ।

बोस्टनको हावार्ड विश्व विध्यालय मेडिकल स्कूलको सभा हल मा६५ विज्ञहरु दर्जनौ स्थानीयको उपस्थितिमा सम्पन्न सम्मेलन मानेपाल अमेरिका का १७ राज्य बाट २४ जना विज्ञहरुद्वारा विषयगत प्रस्तुतीकरण सवाल जवाफ भएको थियो

नेपालको समावेसी बिकास मा मानवीय स्रोत बिकासलाई कसरी संस्थागत गर्ने केन्द्रीय विषय रहेको  सम्मेलनको संयोजन युएसएनपिआरसी सदस्य तथा हाबर्ड बिश्व बिद्यालयका बैज्ञानिकदीनबन्धु भट्टले गर्नुभएको थियो सम्मेलनमा बिज्ञहरु डा. सुरेन्द्रराज देवकोटा, डा आमोद पोख्रेल्, डा आलोक देवकोटा, डा यादव पन्डित्, डा सुमन पराजुली, अमेरिकि सरकार डिपार्टमेन्ट अफ कमर्सका डाअमिताभ दास , डा तिलक भन्डारी, डा कूल काप्री, डा शेखर रेग्मी, शिखर भट्टराई, रामचन्द्र पोखरेल, बंसलाल तामाङ , डा बिष्णु घिमिरे, डा अनोवा गुरुङ ,कोविद दाहाल , अजित बराल , राज सराफ , मुकेश बराल , नरेन्द्र जोशी, डा पंकज बराल , डा लक्ष्मीविलाश आचार्य , डा प्रकाश श्रेष्ठ, डा शिवहरी दाहाल , डा. एड थापा, डा रुद्रअर्यालले बिभिन्न विषय मा प्रस्तुतीकरण प्रस्नोत्तर गर्नु भएको थियो 

नेपालको लागि अमेरिका रहेका नेपालीका लागी संबन्धित सरकार सरोकारवाला  निकायहरु लाई बिभिन्न नितिगत विषयमा नेपालीबिज्ञहरु बाट सामुहिक संथागत सहयोग सुझाव दिने उद्देष्य रहेको यस संस्थाको तेस्रो सम्मेलन पांचवटा सत्र मा बिभाजित रहेको थियो

संस्थागत संरचना स्थानीय सरकारहरु विषयक सत्र को सभापतित्व र संचालन डा राजन पन्त, कृषि, प्रत्यक्षा बैदेशिक लगानी र्थिबिकास बिषयक सत्र को सभापतित्व संचालन डा अर्जुन बन्जाडे,बिदेशमा रहेका नेपाली सुचना प्रविधी बिषयक सत्र को सभापतित्व संचालन डा देश राज संयोक , स्वास्थ्य बिकास बिषयक सत्रकोसभापतित्व संचालन जगदम्वा अधिकारी, यु एस एन पी आर सीसंस्थाद्वारा हाल संचालीत भावी परियोजना सत्र को सभापतित्व र संचालन तरुण पौडेलले गर्नु भएको थियो

सम्मेलनमा युएस नेपाल पोलिसी रिसर्च सेन्टर का अध्यक्ष डा आमोद पोखरेलले स्वागत तथा भावी योजना मन्तब्य, कार्यकारी सचिव डा. अर्जुन बन्जाडेले संस्थाका गतिबिधीका बारेमा दीनबन्धु भट्टले धन्यवाद मन्तब्य राख्नु भएको थियो युएस नेपाल पोलिसी रिसर्चसेन्टरको बोर्ड बैठक बसी केहि संस्थागत विषयमा निर्णय गर्दैआगामी वर्ष चौथो सम्मेलन २०१९ को मे अन्तिम साता सानफ्रान्सिस्को मा आयोजना गर्ने सन २०१९ को सुरुतिर काठमाण्डौमा नेपाल मा नयाँ संथागत संरचना अवसरको संकट विषय माअन्तराष्ट्रीय सेमिनार आयोजन गर्ने निर्णय गरेको

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...