२०८१ वैशाख ७ गते | 19th of April 2024

रिमिक्समा पत्रकार/गायक रेग्मीको ‘कान्छी हे कान्छी’ को अर्को रुप

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १४ गते ३:०२

डलास – मिडिया क्षेत्रमा लागेका किशन रेग्मीले पछिल्लो क्रममा गायकको परिचय बनाएका छन् । केही समय अघि उनले बजारमा ल्याएको ‘कान्छि हे कान्छि………..।’ बोलको गीतको फेरी परिमार्जित सहित रिमिक्स भर्सन सार्वजनिक गरेका छन् । यस अघि उनले उद्धव सिलवाल प्रोडक्सनको ब्यानरमा युएस मिडिया संग सहकार्य गरी झन्डै दुई महिना अघि युटयुब मार्फत उक्त गीतको अफिसियल भिडियो ल्याएका थिए । जुन गीत युट्युबमा अपलोड भएपछि दर्शकले गीतलाई रुचाए ।

दर्शकको राम्रो प्रतिकृया पाएपछि उनमा पुनः गीतलाई परिमार्जन गर्ने उत्साह जाग्यो । त्यही अनुरुप उनले गीतको भिडियोलाई अहिले फेरी डान्सिङ नम्बर दिएर निर्माण गरेका छन् । छमछमी सिजन वान का उत्कृष्ट दस प्रतिस्पर्धी मध्येका एक विक्रम विकको डान्सीङ क्रु वाईल्ड स्टेपर्सले भिडियो निर्माण गरेको छ । गीतमा उनीसंग मोडल तथा डान्सर आरजु उप्रेतीको आकर्षक डान्स रहेको छ । उनको डान्सको तारिफ हुन थालेको छ । झापाका रमणीय स्थानहरुमा छायाङकन भएको भिडियोमा यस पटक स्वंय गायक किशनलाई पनि देख्न सकिन्छ । प्रल्हाद रिजालको शब्द तथा एसडी योगीको संगीत रहेको गीतमा गायकलाई श्रृति योगीले साथ दिएकी छिन् । 

गायक किशनलाई यो पहिलो गीतले लोकप्रियता दिलाएपछि पुनः दोस्रो गीत गाउन दर्शकले हुटहुटी दिएका छन् । ‘पुन अर्को गीत ल्याउन मलाई दबाब आएको छ ’उनले भने– ‘पहिलो प्रयासलाई दर्शकले राम्रो प्रतिकृया दिएपछि हौसिएको छ ।’ उनी महिलाहरुको महान पर्व हरितालिका तीज पछि नया गीत सार्वजनिक गदैछन् ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *