२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

मदन दिपबिमका साथ सान-फ्रान्सिस्कोमा ‘सार्थक सांगितिक यात्रा’

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ २० गते १७:४४

सागर श्रेष्ठ /सान्-फ्रान्सिस्को  लायन्स क्लब अफ वर्कली लालीगुराँस र विकल्प फाउन्डेसनको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १६ तारिखका दिन वरिष्ठ संगितकार मदन दिपबिमको साथमा बिशेष सांगीतिक साँझ ‘सार्थक संगीत यात्रा – १’ कार्यक्रमको आयोजना हुँदैछ।

कार्यक्रम आयोजक परिवारको निमन्त्रणालाई स्विकार गर्दै आउँदो सेप्टेम्बर १६ तारिखको दिन ओकल्यान्ड एसियन कल्चर सेन्टरमा सो कार्यक्रमलाई सफल र सार्थक बनाउन नेपालबाट लोकप्रिय गायक श्री लाक्पा शेर्पा आउँदै हुनुहुन्छ । लाक्पा शेर्पा, नरेन्द्र प्यासी र ममता दिपबीम सो कार्यक्रमका लिड गायक कलाकार हुनभने रन मगर, जुना प्रसाई लगायत अन्य स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै कार्यक्रममा रमाइला नेपाली गीतका नृत्यहरु पनि प्रदर्शन हुनेछ।

बरिष्ठ संगीतकार मदन दिपबिम ज्युले १५०० भन्दा धेरै गीतहरुमा संगीत गरी सक्नु भयको छ र उहाले ५०/६० जति लोक गीत पनी गाउनु भयको छ। यसका साथै उहा हास्य-व्यंग्यकार र नृत्यकार पनी हो। तारादेवी, पुष्प नेपाली देखि हालका मेलिना राइ सम्ममाका गायक/गायिकाहरुको गीतमा संगीत भरेका संगीतकार दिपबिम आफ्नो ज्यानले सके सम्म यो क्षेत्र नछोड्ने पत्रकार भेटघाटमा बताउदै हुनुहुन्थ्यो।

नर्दर्न क्यालिफोर्नियाको बे – एरियामा आउँदो सेप्टेम्बर १६ तारिखको साँझ नेपाली समुदायको निम्ती ‘ऐतिहासिक साँगितिक साँझ’ बन्ने कुरा आयोजक तथा लायन्स जोन चेयर निर्मल फुयाल बताउनुहुन्छ । फुंयालले मनोरम कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनुहुन सबैलाई अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']