२०८१ वैशाख ६ गते | 18th of April 2024

तामाङ सोसाईटी अमेरिका, न्यूयोर्कको प्रेस विज्ञप्ती

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ २२ गते २१:००

प्रेस विज्ञप्ति

विषय: जानकारी सम्बन्धमा ।

उत्तर अमेरिका भरि छरेर बसेको तमाम सम्पुर्ण तामाङ समुदायको साझा संगठहरूको केन्द्रको रुपमा तामाङ समाज उत्तर अमेरिका रहेको कुरा हामि सबैमा अवगतनै छ। केन्द्रको विधान लाई आत्मसाथ गर्दै ६ महिनाको अथाक प्रयास पश्चात विधिवत रुपमा तदर्थ कमिटी मार्फत सम्मेलन गरि न्युयोर्क राज्यमा वैधानिक रुपमा गोमा योन्जनको अध्यक्षतामा तामाङ सोसाईटी अफ न्युयोर्क गठन भई केन्द्रले दिएको बैधानिकता सहित न्युयोर्क राज्यमा अन्य संघ/संगठन संग हातेमालो गर्दै विविध कार्यक्रमहरु समेत पस्की सकेको यहाहरु सबैमा विदितै छ।

अमेरिका भरिको बुद्दिष्टहरुको संगठनको छाता संगठन हिमालयन बुद्दिष्ट कमुनिटीमा आफनो तर्फबाट प्रतिनिधि पठाई आफ्नो प्रतिनिधिलाई केन्द्रीय उपाध्यक्षमा निर्वाचित समेत गराई सकेको र उक्त छाता संगठनको आधिकारीक सदस्य संस्थाको रुपमा समेत यही संगठन भएको साथै जनजाती महासंघ फिप्नामा समेत केन्द्रको निर्देशनलाई पालना गर्दै सहभागी र सहकार्य गर्दै फिप्ना संगको सम्बन्ध पनि यहि तामाङ सोसाईटी अफ न्युयोर्क संग रहेको पुन जानकारी गराउन चाहन्छौ।

अत: यसरी न्युयोर्क वासीहरुको १८ बर्ष पुरानो साझा संगठन तामाङ सोसाईटी अफ न्युयोर्क हुदा हुदै केही व्यक्तिहरुको सिमित स्वार्थका कारण असन्तुष्ट देखाई चोईटीएर गए ! तथापि कहिले तामाङ सोसाइटी अफ न्युयोर्कको नाममा हामी आधिकारिक हो भन्दै मीडिया बाज़ी, कहिले तामाङ सोसाईटी अफ न्युयोर्कको तदर्थ कमिटीको नामबाट प्रेस विज्ञप्ति जारी गर्दै मीडिया बाज़ी त कहिले तामाङ सोसाईटी अफ अमेरिका (टिएसए) को नामबाट कार्यक्रम गर्दै मिडीया बाजी र अहिले आएर तामाङ समाज अमेरिका नामको संगठन दर्ता गरि समाजमा विभाजन अनि भाजो ल्याउन खोजेको प्रति हामी सम्पुर्ण तामाङ समुदाय साथै विभिन्न संगठनमा नेतृत्व गरि रहनु भएका महानुभावहरुमा सजक गराउन चाहान्छौ।

यसरी चोईटिएर गई समाजमा विभाजन ल्याउन खोज्ने प्रति हामी सजक हुन जरुरी ठान्दछु । यति हुदा हुदै पनि तामाङ समाज अमेरिकाको नामबाट फेरि विभिन्न बहानाको कार्यक्रम बनाउदै कहिले अफिस उद्घाटन त कहिले अधिवेशनको कार्यक्रम बनाउदै यहा र यहाको संस्थाको नाममा अतिथि, विशेष अतिथि एवं प्रमुख अतिथिको को रुपमा निमन्त्रणा पठाई रहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। समाज र समुदाय प्रति सधै सजक रहनु हुने यहाहरु सबैले यस्तो कार्यको घोर विरोध र भर्त्सना गर्नु हुने कुरामा हामी विस्वस्त छौ । सधै एकतामा विश्वास राख्दै चित्त नबुझेको कुराहरु सहमतिको आधारमा निस्कर्षमा जान वर्तमान नेतृत्व जहिले पनि तयार रहेको सहर्ष जानकारी समेत यसै विज्ञप्ति मार्फत गराउन चाहान्छौ ।

अन्तमा न्युयोर्क वासी तामाङ समुदायको साझा संगठन तामाङ सोसाईटी अफ न्युयोर्क भएको हुदा अन्य कुनै तामाङ संगठनको नामबाट आउने कुनै सुचना, निमन्त्रणको भ्रममा नपर्न हुन् सम्पुर्ण महानुभावहरुमा बिनम्रताका साथ अनुरोध गर्दछौ। धन्यवाद ।

दीपेन्द्र लामा
सचिव
तामाङ सोसाईटी अफ न्युयोर्क।

Leave a Reply

Your email address will not be published. Required fields are marked *