1

तरुण दलका अध्यक्षको हत्या

412 पटक पढिएको

रोल्पा – रोल्पामा अपरिचित समूहले गोली प्रहार गरेर नेपाल तरुण दलका नगर समिति अध्यक्ष रोहित पुनलाई गोली हानी हत्या गरेको छ ।

सुलिचौरमा आइतबार दिउँसो अपरिचित समूहले अध्यक्ष पुनलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । होटेलमा खाजा खाँदै गरेका पुनलाई गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाइ छ ।

अध्यक्ष पुनले सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलिचौरस्थित रेष्ट पोइन्ट रेष्टुरेन्ट एण्ड बारमा खाजा खाँदै गरेका अध्यक्ष पुनलाई एक्कासि गोली प्रहार भएको थियो ।

अध्यक्ष पुनको शवलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ । अध्यक्ष पुनलाई कसले गोली प्रहार गरेको हो खुल्न सकेको छैन  ।नेपाल तरुण दलले नगर समिति अध्यक्ष पुनलाई गोली प्रहार गर्ने समूहलाई पक्राउ गरेर कारबाही गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ -  हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध.. ...

काठमाडौँ  -  नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।स्वास्थ्य.. ...

काठमाडौँ-   सरकारले आज देखि  कोरोना भाईरसको संक्रमण   बाट विदेशमा अलपत्र परेका र स्वदेश फर्कनै.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...