२०८१ वैशाख ८ गते | 20th of April 2024

नेवा अर्गनाईजेशन, साउदर्न क्यालिफोर्नियाको रक्तदान कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ६ गते ०:०३

गोकुल ढकाल
लस एन्जलस, क्यालिफोर्निया ।

स्थापनाको समयदेखी नै रचनात्मक काम गर्दै आईरहेको ग्रेटर साउदर्न क्यालिफोर्नियाको स्थापित सामुदायिक संस्था नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाले आफुलाई स्थानिय समाजमा कुनै न कुनै रुपमा सकृय राख्दै आएको छ ।

त्यसै सामुदायिक कार्यमध्यको एक ‘रक्तदान जीवनदान’ कार्यक्रम नेवा समाजले लस एन्जलसमा निरन्तर सम्पन्न गर्दै आईरहेको एउटा सामुदायिक कार्य हो । दाताहरुले एक चोटी रक्तदान गरिसकेपछी अर्कोपटक रक्तदान गर्ने उपयुक्त समयानुकुल पारेर संस्थाले अमेरिकन रेडक्रससंग संयोजन गर्दै  नियमित रक्तदान कार्यक्रम सम्पन्न गर्दै आईरहेको छ ।

उक्त ‘रक्तदान जीवनदान’ कार्यक्रमको निरन्तरतास्वरुप आगामी अाईतवार, तदअनुरुप जुन २१ तारिख, २०१७ मा संस्थाले रक्तदान कार्यक्रम राखेको संस्थाका महासचिव बिमल श्रेष्ठले बताउनुभएको छ ।

ग्रेटर लस एन्जलस क्षेत्रको गौरव श्रीपशुपतिनाथ फाउन्डेशनको प्रांगणमा आयोजना हुने रक्तदान कार्यक्रममा सहभागी भएर मानव सेवाको यो महान अभियानमा हातेमालो गरिदिन नेपाली समुदायसंग महासचिव श्रेष्ठले अनुरोध गर्नुभएको छ । ‘

कार्यक्रमबारे जानकारी :

स्थान : श्रीपशुपतिनाथ फाउन्डेशन
ठेगाना : 10843 Kenney St, Norwalk, CA 90650
समय : बिहान ९:०० बजेदेखी बेलुकी ३:०० बजेसम्म

Image may contain: 1 person, text

Leave a Reply

Your email address will not be published. Required fields are marked *