२०८१ वैशाख १३ गते | 25th of April 2024

पुरुषत्व !!

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १ गते ११:०२

-बासु पुष्पा अधिकारी
डण्डा, नवलपरासी – मुगलानबाट

रात,
एकान्त,
अँध्यारो
केहि नखोज
म आँफै बोलाउँछु तिमीलाई
आउ,
मलाई बलात्कार गर !
र प्रमाणित गर
आफ्नो पुरुषत्व !!

तिम्रा पत्थर फोड्न सक्ने
बलिया हत्केलाले
थुन्नु पर्दैन मेरो मुख ;
म चिच्च्याउने छैन ,
तिम्रै उमेरको मेरो दाइले
पोहोर भाइटिकामा दिएको
मेरै सलले बाँध्नु पर्दैन
मेरा हात ;
म छट्पटाउने छैन |

आउ! मेरो स्तन गिथोल
आउ! मेरो स्तन निचोर !!
मेरो बतिला स्तन
म सहनेछु चुपचाप
तर ,
बिन्ती एकपटक सम्झनु,
गोबर्धन पर्वत जस्तै
आफ्नी आमाको लाम्टा !
जुन गोबर्धन पर्वत रसाएर
तिमीमा यो बल भरेको छ !!

तिमी मेरो योनी भोग्न
आतुर छौ |
आउ
तिमीलाई म अधैर्य पार्दिन
तर
मेरो कोपिला योनी भोग्नु पुर्व
एक पटक सम्झनु
मन्दिर जस्तै पबित्र
आफ्नै आमाको रक्ताम्य योनी !
जुन् योनीबाट
विर्यको रुपमा पसेर
जीवन बनेर ,
धड्कन बोकेर
अझ भनुँ
तिमीलाई पुरुष बनाउने
लिंग लिएर
निस्केका थियौ !!

तिमीलाई
किन चाहियो रात?
किन चाहियो एकान्त ?
किन चाहियो अँध्यारो ?
तिमी त पुरुष हौ !
सृष्टिको मालिक ,
धर्मको रक्षक !
म आँफै बोलाउँछु
नयन बिच्छयाएर
आउ मलाई बलात्कार गर !
पटकपटक
सिनो लुछेर गिद्द नअगाउँदासम्म
म आँखालाई मरुभूमी बनाईदिउँला !!
अनि मारेर मलाई !!
मिल्काइदिनु
कुनै रच्छ्यानमा
सायद ब्वाँसोहरुले पनि
छुने छैनन् मेरो लास
तिम्रो गन्धले !!

मर्ने मान्छेको अन्तिम इच्छा
पुरा गर्छौ नि हैन ?
मेरो अन्तिम इच्छा;
मलाई बलात्कार गरेको दृश्य
आफ्नी आमालाई देखाउनु
ताकी उनले पनि देखुन
तिम्रो पुरुषत्व !!

#justicefornirmala

तस्विर – अन्नपूर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *