२०८१ वैशाख ८ गते | 20th of April 2024

डा. भट्टराईलाई मुद्दा हाल्ने तयारी

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ४ गते २२:३७

अमेरिका – अमेरिका भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई विरुद्ध अमेरिकामा मुद्दा दायर गर्ने तयारी भइरहेको छ । तत्कालिन माओवादीले निर्मम ढङ्गले हत्या गरेका २४ परिवारका सदस्यहरूले बाबुराम भट्टराई अमेरिका भ्रमणमा रहेको समयमा मुद्दा दायर गर्न आपसी छलफलमा जुटेका छन् । छलफलमा इन्टरनेशनल क्रिमिनल कोर्टमा मुद्दा दायरा गर्न चाहिने आवश्यक प्रमाण र कागजपत्रका विषयमा उनीहरूले कानुन व्यवसायीको परामर्श समेत लिएका छन् ।

कानुन व्यवसायीहरुले ‘युद्ध,अपराध र मानवता विरुद्धको अपराध’मा मुद्दा दायर गर्न मिल्ने बताएपछी साेहीअनुसार पीडितहरुले तयारी गरिरहेका छन्। अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेका २४ परिवार मध्ये ८ परिवार भट्टराईको गृह जिल्ला गोर्खाका रहेका छन् ।पीडित परिवारको आवाज दबाउन प्र्चण्ड र बाबुरामले हत्याको जिम्मा लिँदै ‘सक्ने भए थुनेर देखाऊ’ भनेर दिएका अभिव्यक्तिहरू अव अन्तर्राष्ट्रिय अदालतमा पेस हुनेछन् । कुनै पनि युद्धका समयमा निसस्त्र मानिसहरूलाई हत्या गर्नु जघन्य अपराध ठहर गर्दै अन्तर्राष्ट्रिय अदालतले त्यसमा संलग्न वा निर्देशन दिनेलाई कारबाहीको दायरामा ल्याउने गरेको छ ।

अन्तर्राष्ट्रिय अदालतकाे नजिरलार्इ हेर्दा तत्कालिन माअाेवादीका मुख्य कमाण्डर भट्टाराइ र प्रचण्ड दाेषी नै देखिएका छन्। अन्तराष्ट्रिय अदालतले यदि मुद्दामा कारवाही प्रक्रिया अागाडी बढाए प्रचण्डसमेत तानिने छन्। जसले पूर्व एमाले र माअाेवादी मिली बनेकाे नेकपा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी अाेली तनावित बनेका छन्।

भट्टराईको भ्रमणमा मुद्दाको हल्ला संयोग मात्र : भट्ट 

अहिले निकै चर्चित डा. बाबुराम भट्टराईको अमेरिका भ्रमणका बखत ‘मुद्दा हालिने बिषय’ संयोग मात्र भएको बताउंछन, नेजस नर्दन क्यालिफोर्निया च्याप्टर महासचिव तथा मुद्दाका बारेमा अग्र पंक्तीमा रहेर लागेका हरी भट्ट । ‘राज्य पक्ष या विद्रोही पक्ष, हामीलाई मतलब भएन । पिंढीबाट थुतेर बन्चरोले टाउकोमा हानेर, भुत्ते खुकुरीले छिया-छीया पारेर मेरो पिताको गरिएको हत्याजस्ता द्वन्दबाट प्रताडित १७ हजार नेपालीको पिडामा मल्हम लगाउन धेरै पहिलेदेखिको गरिएको मुद्दाको तयारी अहिले भट्टराईको भ्रमण बखत चलेको मुद्दाको हल्ला संयोग मात्र हो’, भट्टले खुल्लामन्चलाई बताए ।

‘अमेरिकामा रहेका २२ परिवारले मात्र मुद्दाको प्रतिनिधित्व गर्ने भन्ने हल्ला निराधार हो । नेपाली भएर जन्म लिएर आफ्नै परिवारको अगाडी खुर्पाले गिडिंनु पर्ने ती अभागी १७ हजार सपुतका परिवारहरुको आवाज हो, यो ।’ भट्ट थप्छन, ‘नेपाली कांग्रेसको सदस्य भएको नाताले म या हामी यो कुरा गरिरहेका छैनौं । हत्या गरिएका निर्दोश नेपालीजनको आत्माको शान्तीका लागि राज्य वा तत्कालिन बिद्रोह पक्षका सबै दोशीहरु दन्डित हुनुपर्दछ भन्ने ठान्दै धेरै पहिलादेखिको मुद्दा हाल्ने तयारी गरिएको हो । अन्तरराष्ट्रिय अदालत, त्यस्तै कानुनी प्रकृयाले कानुनविदहरुसंगको परामर्श हुंदै अन्तिम अवस्थामा हामी आएको चाँही पक्कै हो ।’

यसविचमा नेपालको प्रधानमन्त्री वा पुर्वपदधारी जो यहाँ आई गए पनि म जस्ता धेरै पीडितले पहिले देखी नै गरिएको तयारी रहेको कुरा भट्टले बताए । ‘दैलेखमा गएर पत्रकार डेकेन्द्र थापाको हत्या बखत ‘सक्छौ भने हामीलाई पक्रेर देखाओ’ भन्ने तत्कालिन प्रधानमन्त्रीलाई चुनौती दिंदै अन्तरराष्ट्रिय कानुनको कठघारामा ल्याउन हामीजस्ता पीडितहरु आतुर छौं, यो कुनै आवेगको बिषय होईन, न त भट्टराई वा अरु कुनै थारा भएका तर अपराधमा नाम मुछिएकाहरुको खिलाफमा तुश राखेर चालिएको कदम हो,’ भट्टले बताए ।

फोटो र समाचारको केही अंश नेपालपानाबाट लिईएको हो – सं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *