२०८१ वैशाख ७ गते | 19th of April 2024

सोमबार महाबिर पुनसंग लस एन्जलसमा अन्तर्कृया

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ६ गते १५:५४

लस एन्जलस – अमेरिकामा प्रतिष्ठित जागिर छाडेर स्वदेशमै सुचना र प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेर एसियाको म्यागेसेसे पुरस्कार विजेता महावीर पुन लस एन्जलस आउने भएका छन् ।

सुचनाको जगजगीमा प्रविधीले नेपाललाई विकसित बनाउन राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्न अभियान चलाएका पुन आफ्नो अमेरिकी भ्रमणको शिलशिलामा आफ्ना सपना र अभियानका बारेमा समुदायसंग जानकारी र अभियानका लागि सुझाव लिन यही सेप्टेम्बर २४ तारिख सोमबार लस एन्जलस आउन लागेका छन ।

देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र साधनलाई विशेष प्रोत्साहन दिई उनीहरूको प्रतिभाको अधिकतम उपयोग गर्ने, नेपालमा नै वैज्ञानिक आविष्कार तथा प्रविधिको विकास गर्ने कार्यलाई उच्च महत्त्व दिने र प्रतिभावान् नेपालीहरूको प्रतिभालाई प्रोत्साहन गर्ने साथै नेपालको अर्थतन्त्र बलियो बनाउन निर्यातमुखी उद्योगलाई आवश्यक सहयोग गर्ने उदेश्यका साथ राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्न महावीर पुन लगायत उनको संस्था नाइस नेपाल जुटेको छ ।

सबै नेपाली मिलेर देशमा नै विज्ञान तथा प्रविधिको विकास गर्न सकेको खण्डमा आगामी ३० वर्षमा नेपाललाई विकसित देशको सूचीमा सूचीकृत गर्न सकिने पुनको विश्वास छ । कार्यक्रमको संयोजन एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरले गर्ने जनाकारी च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले दिएका छन ।

कार्यक्रममा नेवा समाज, साउदर्न क्यालिफोर्निया अमेरिकाले कार्यक्रममा सहभागीहरुलाई खानाको पनि ब्यबस्था गरेको एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेले जनाएका छन ।

पुनसंगको कार्यक्रम जानकारी :
मिती : २४ सेप्टेम्बर,  २०१८ 
समय : बेलुकी ६:०० देखी ९:३० सम्म
स्थान : श्रीपशुपतिनाथ बुद्ध मन्दिर, नर्वाक 
कार्यक्रम संयोजन : एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टर
नि:शुल्क रात्रीभोज  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *