२०८१ वैशाख ६ गते | 18th of April 2024

दोस्रो ‘ मिस नेपाल, क्यालिफोर्निया – २०१७’ सान्-फ्रान्सिस्कोमा आयोजना हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ६ गते १९:१७

सान्-फ्रान्सिस्को, अमेरिका ।

महिला र सुन्दरता एकअर्कामा पर्यायवाची मानिन्छन् । सुन्दरता हरेक नारीको पहिचान हो, साथै नारी सशक्तिकरणको एउटा अभिन्न अङ्ग पनि । नारीको सौन्दर्यताको एउटा सानो सम्मानस्वरुप पहिलो पटक लस एन्जलस, क्यालीफोर्नीयामा आयोजित ‘क्यालिफोर्निया मिस नेपाल २०१५’ को भब्य सफलता पछि दोश्रो ‘क्यालिफोर्निया मिस नेपाल’ यही जुन १७ शनिबारका दिन क्यालिफोर्नियाको सान – फ्रान्सिस्को सहरमा आयोजना हुनेभएको छ । चहल पहल प्रोडक्सन र एफ वन ग्रुपको संयूक्त आयोजनामा हुने उक्त कार्यक्रमको सबै तयारी पुरा भैसकेको जनाईएको छ ।


कार्यक्रमको मुख्य उदेश्य क्यालिफोर्नियामा रहेका महिलाहरुको प्रतिभालाई उजागर गर्ने र कार्यक्रम मार्फत उठेको सम्पुर्ण रकम नेपालको स्कुललाई प्रदान गर्ने रहेको बताईएको छ । कार्यक्रममा मिस नेपाल २०१३ ईशानी श्रेष्ठ, मिस ईन्डीया इन्टरनेशनल २०१७ ईशा अग्रवाल, नायिका नन्दिता केसी, गायिका नलिना चित्रकार, फेसन डिजाईनर शुभेक्षा बादेल तथा चर्चित प्रस्तोता प्रेम बानियाको उपस्थिति रहने कार्यक्रमका आयोजक सदस्य राजेन्द्र जोशीले जानकारी दिएका छन् ।
स्मरण रहोस् उक्त ब्यानरले आयोजना गरेको पहिलो मिस क्यालीफोर्नीया बाट उठेको १३ लाख रकम गोर्खाको स्कुललाई प्रदान गरिएको थियो ।
Miss Nepal California 2017
Date : June 17, 2017,  Saturday
Venue : Hilton, 333 O’Farrell St, San Francisco, CA 94102

Leave a Reply

Your email address will not be published. Required fields are marked *