२०८१ वैशाख ८ गते | 20th of April 2024

बलत्कारको आरोपले रोनाल्डोका स्पोन्सरहरु चिन्तित, युभेन्टसको शेयर ओरालो लाग्यो

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २२ गते १७:०५

एजेन्सी – बलात्कारको आरोपसँगै क्रिस्टियानो रोनाल्डो र उनको क्लब युभेन्टसमाथि दबाब शुरु भएको छ । ३३ वर्षीय पोर्चुगिज खेलाडीसँग आबद्ध दुई ठूला स्पोन्सरहरुले ‘पछिल्लो अवस्थालाई नजिकबाट मूल्याङ्कन गरिरहेको’ बताएका छन् भने रोनाल्डोलाई अनुबन्ध गरेपछि पछिल्लो छ महिना शत प्रतिशतले बढेको युभेन्टसको सेयरको मूल्य घट्दो छ ।

 

विशेष गरेर, रोनाल्डोको समर्थनमा वक्तव्य निकालेपछि नाइकीले पनि युभेन्टसका स्टारमाथि लगाइएको आरोपले आफूहरु ‘गम्भिररुपमा चिन्तित’ भएको बताएको छ । नाइकीसँग रोनाल्डोको १ अर्ब डलर बराबरको इन्डोर्समेन्ट डिल रहेको छ । इए स्पोर्टलेले एक वक्तव्य जारी गर्दै आफूहरु क्रिस्टियानो रोनाल्डोमाथि लगाइएको आरोपबाट चिन्तित बनेको बताएको छ । ‘हामी पछिल्लो अवस्थालाई नजिकबाट मूल्यांकन गरिरहेका छौँ । हामी हाम्रो कभर खेलाडी र एम्बासेडरहरुले इएको मान्यताअनुसार व्यवहार देखाउने आशा गर्छौँ ।’ 

युभेन्टसको रेकर्ड अनुबन्धमाथि क्याथरिन मायोर्गालाई सन् २००९ मा लास भेगासको एक होटलमा बलात्कारको आरोप लगाइएको छ । मायोर्गाले उजुरीपछि लास भेगास प्रहरीले रोनाल्डोमाथि अनुसन्धान शुरु गरेको छ । विश्वकै चर्चित र धनी खेलाडीहरुमध्ये एक रोनाल्डोले बुधबार एक वक्तव्य जारी गर्दै आफूहरुमाथि लगाइएको आरोपको खण्डन गरेका छन् ।  बिहिबार युभेन्टसले सामाजिक सञ्जाल ट्वीटरमार्फत रोनाल्डोको समर्थन गरेको छ ।

यसपछि युभेन्टसको आलोचना भइरहेको छ भने शुक्रबार क्लबको सेयर १० प्रतिशतले घटेको छ । रोनाल्डोमाथि आरोप लागेपछि क्लबको सेयर १८ प्रतिशतले घटिसकेको छ । पोर्चुगल फुटबल फेडरेसनका अध्यक्ष फर्नान्डो गोमेसले पनि रोनाल्डोप्रति समर्थन जनाएका छन् । युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले रोनाल्डो शनिबार हुने उडिनेजेविरुद्धको खेलमा सहभागी हुने बताइसकेका छन् । मायोर्गाले आफ्नो उजुरीमा सन् २००९ मा बलात्कारपछि रोनाल्डोले मामिलालाई गुपचुप राख्न ३ लाख ७५ हजार डलर प्रदान गरेको दाबी गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *