२०८१ वैशाख ८ गते | 20th of April 2024

बडादशैंको मुखमा महिलाहरुले लस एन्जलसमा पन्चेबाजा भित्राए

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २७ गते २२:१८

लस एन्जलस –  लस एन्जलसका सक्रिय महिलाहरुको संस्था ‘एनडब्ल्यूजिएन – NWGN’ ले नेपाली परम्पराको प्रख्यात बाजा पन्चेबाजा भित्र्याएका छन् । 

हेर्दा सामान्य प्रकारको निर्यात लाग्ने नेपाली सांस्कृतिक पन्चेबाजाको यो लस एन्जलस आगमनले अब यस क्षेत्रमा आयोजना हुने कार्यक्रममा पन्चेवाजाको धुन पनि समावेश हुनेछ । महिलाहरुको मात्र प्रयासले लस एन्जलस भित्रिएका दमाहा, सहनाई, नरसिंगा र ढोलकहरुले यहाँका कार्यक्रममहरुमा स्वदेशी मौलिकताको प्रतिनिधित्व गर्ने बताउंछिन्, एसडब्लूजिएन लस एन्जलस च्याप्टरकी संयोजक अमृता सापकोटा गैरे । 

‘सहनाई बाहेक अन्य वाद्यबाधन हामी नै बजाउन सक्छौं’ अध्यक्ष गैरे बताउंछिन् । ‘सजाउन होईन हाम्रै आंगनका कार्यक्रमहरुमा बजाउन हामी महिलाहरुले पन्चेबाजा संकलन गरेका छौं । यो सानो सपनालाई यथार्थमा साकार पार्न प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै मनहरुलाई धन्यवाद दिन चाहन्छौं’ गैरे अगाडी थप्छिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *