२०८१ वैशाख ७ गते | 19th of April 2024

नेजाद्दारा लस एन्जलसमा शुभकामना कार्यक्रम सम्पन्न – फोटो फिचर

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २८ गते १२:०४

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्दारा लस एन्जलसमा बडादशैं, दिपावली र छठ पर्वको अवसर पारेर स्थानिय संघ-संस्था, तिनका प्रमुख तथा प्रतिनिधी एवम सामाजिक अगुवाहरुसंग आपसमा भाईचारा बढाउने उदेश्यले आयोजना गरिएको ‘शुभकामना आदान-प्रदान कार्यक्रम’ सम्पन्न भएको छ । वर्तमान कार्यसमिती आएपश्चात नेजाले लस एन्जलसको नेपाली समुदायसंग पहिलोपटक यो भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नेजाका अध्यक्ष सुदिप पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा महावाणिज्यदुत ॠषि ढकाल प्रमुख अतिथी एवम नेपाली कांग्रेस, काठमाण्डौ जिल्ला समितीका सभापति सुबज बानिया तथा पर्यटन दुत रामेश्वर भन्डारी बिशेष अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो । शुभकामना कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष शन्तिराम ढकाल, एनआरएन अाइसिसी सदस्य बलराम थापा, नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि हेमराज भट्ट, एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे, एनआरएन क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण बानिया, सान्-फ्रान्सिस्कोमा रहेको नेपालीहरुको कम्युनिटी भवन निर्माण समितिका अध्यक्ष उत्तम कार्की, अग्रज पुनम शाक्यको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा श्री पशुपतिनाथ फाउन्डेसनका अध्यक्ष भक्त थापा, लस एन्जलस समाजका अग्रज मुकुन्द ढुंगाना, अग्रज राजेन्द्र सिवाकोटी, चेम्बर प्रतिनिधी एकराज पाण्डे, लायन्स क्लब अफ हिमालयका अध्यक्ष सुर्य प्रसाईं, नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र शिवाकोटी, ओएनएफ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष बिजय कटुवाल, एनडब्लुजिएन लसएन्जलसकी अध्यक्ष अमृता गैरे, मधेसी एसोसिएसन लस एन्जलसका अध्यक्ष दिनेश शाह, एएनएसका अध्यक्ष चिरन्जिवी गौतम, बिडिएका अध्यक्ष एकदेव शर्मा, तमाङ्ग समाजका अध्यक्ष टेक लामा, एफओन ग्रुपका अध्यक्ष विश्व सुबेदी, सामाजिक अगुवाहरु बिमल श्रेष्ठ, गोकुल पौडेल, दिपक पाठक, दिल श्रेष्ठ, झमक निरौला, तुलसी चौलागाईं, सिद्धार्थ सिलवाल, सुरेन्द्र सापकोटा, केदार पौडेल, राजेश पाण्डे , अर्जुन पौडेल, समिर थापा लगायतको उपस्थिती रहेको थियो ।

नेजाका पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकालले संचालन गरेका कार्यक्रममा पत्रकार डोल्मा लामाको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रममा  तिलक कार्की, रोशन अधिकारी, डोल्मा लामा, उपेन्द्र सापकोटा, दिक्षा बस्नेत र शंकरराज वाग्ले लगायतका पत्रकारहरुको पनि उपस्थिती थियो । कार्यक्रममा उपस्थित सबै सहभागेएहरुले आफु र आफ्नो संस्थाको अांगनमा खुशी लिएर आउंदै गरेको पर्वहरुको अवसरमा शुभकामना ब्यक्त गर्दै नेजाद्दारा समुदाएे जोडीएर गरिएको पहिलो कार्यक्रमको साराहाना गर्नुभएको थियो । कार्यक्रममा पत्रकार दिक्षा बस्नेतले शुभकामना कबिता वाचन गर्नुभएको थियो । आगामी दिनमा प्रत्येक महिना नेपाल अमेरिका पत्रकार संघले लस एन्जलसमा सामुदायिक अन्तर्कृया आयोजना गरिने जानकारी दिईएको छ । 

तस्विर : शंकरराज वाग्ले/ न्यू कृयशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *