२०८१ वैशाख १३ गते | 25th of April 2024

तारेभिर प्राथमिक विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २९ गते ९:१९

काठमान्डौं – राजधानीको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिर प्राथमिक विद्यालयको सहयोगार्थ चार थान कम्प्युटर हस्तान्तरण गरिएको छ । विद्यालयमा आइतबार एक कार्यक्रम गरी घन्चेन हिमालयन सर्पोट एसोसिएसन तथा कमन इर्फोट नेपालको सहयोगमा उपलब्ध भएका ती कम्प्युटर हस्तान्तरण गरिएको हो । कमन इर्फोट नेपालका अध्यक्ष सुवास लामाले गोकर्णेश्वर नगरपालिका–३ का अध्यक्ष राजेन्द्र भण्डारीको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक शिवहरि भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण लामालाई कम्प्युटर सेटहरु हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वक्ताहरुले आजको युगमा कम्युटर शिक्षा अपरीहार्य रहेको भन्दै राजधानीकै विकट स्थानमा रहेको विद्यालयका लागि कम्प्युटरहरु उपलब्ध गराइ सहयोग गरेकोमा धन्यवाद दिनु भएको थियो । विक्रम सम्बत् २०१७ सालमा स्थापना भएको तारेभिर प्राथमिक विद्यालयमा अधिकांश तामाङ समुदायका अत्यन्त गरीब विद्यार्थीहरु अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *