२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

नेपाली चलचित्र ब्यापारका नाउँमा नारी अस्मिताको धज्जी नउडाउ

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २९ गते ९:३०

– लक्ष्मण सिटौला

केटीले ब्रा र पेन्टी देखाएर फोटो सुट गरिन भने यसलाई ग्ल्यामर्स भनिन्छ । अन्डरबेर र गन्जी लगाएर यदि केटाले फोटो सुट गर्यो भने बहुला भन्छन । अर्थात यस्को कुनै तुक रहदैन । र केटाले यसरी फोटो पनि खिचाउदैनन । लाज हुन्छ भन्छन । समाजले के भन्ला भन्छन । समाज एउटा डरको घर पनि हो । समाज छ भने त्याहा नियम छ नियन्त्रण छ र नियमन पनि छ । समाज ब्यक्ति ब्यक्तिको सम्पुजन पनि हो ।

अहिले केटी भन्दा केटाहरु लज्जानुभुती गर्छन । कुनै केटा मोडलले अन्डरगारमेन्ट र गन्जी लगाएर आफुलाइ ग्लामर्स देखाएको मैले देखेको छैन । तर त्यही पहिरन भिर्न र मोडल बनेर आफुलाइ देखाउन केटीहरु सहजै लाज घिन पचाउछिन । नाङ्गो हुन तयार हुन्छिन । कतिपय अन्तर्वार्तामा हिरोनीहरुले भन्छन कि कथाले माग्यो भने नाङ्गो हुन पनि तयार छौ भनेर । यो भन्नुको आशय के हो? कथाले माग्यो भने जे पनि गर्ने? कथाले जे पनि माग्न सक्छ । कथाले तिम्रो नारी अस्मिताको लिलामी माग्छ त्यो पनि पस्किन तयारी छौ त? चलचित्र निर्माताहरुले ग्ल्यामर्सका नाउँमा र लगानी सुरक्षाका नाउँमा हिरोनीहरुलाइ सकेसम्म नग्न पार्न खोज्छन । तर अहिलेका दर्शक हिरोनीको नग्नता मात्रै हेर्ने उदेश्यले हलमा जादैनन । एउटा राम्रो कथाबस्तु, नेपालीपन, देशकाल परिस्थितिको बिम्ब , समाज परिवर्तनका मुद्दा , चोखो प्रेमको शालीन प्रस्तुति , पापीको हार र सतकर्मीको बिजयलाई दृश्यमा देख्न चाहन्छन नेपाली दर्शक ।

सधैं नाङ्गोपन बिक्तैन । सधैं यौन बिक्तैन । सधैं जवानीको आगो बलिरहदैन । सधैं नदीमा बाडि पनि आइरहैन । नदीहरु सङ्लोमा नै सुन्दर शान्त र शालीन देखिन्छन । नाङ्गो हुनु ग्ल्यामर्स होइन । नेपाली दर्शकले खोजेको हिरोइजम हिरोनीको पेन्टी र ब्रा को बेजोड प्रदर्शन होइन । नाङ्गोमा हिरोइज्म हुन्छ भन्ने भ्रमको पत्ता फ्याकेर दर्शकलाइ मूर्ख बनाउने समय गैसक्यो अब ।

ग्ल्यामर्सका नाउँमा पहिलेका निर्माताहरुले धेरै अबोध नारीहरुलाइ नङ्याय । अझैसम्म पनि त्यस्को अवशेष बाकी नै छ । पुजीवादी सस्कृतिमा स्त्री मनोरंजनका साधन बनिरहन्छन । स्त्रीलाइ निरीह पात्रका रूपमा उभ्याउने र उस्को शरीरको अधिकतम उपयोग गर्नु पुजीवादी सस्कृतिको परम्परा हो ।

नेपाली चलचित्रमा हिरोलाइ हिटलर र हिरोनीलाइ सीता जस्तै आदर्श ,त्याज्य ,परित्यक्ता र भोग्याका रूपमा देखाउने प्रचलन अझै छ । फिल्मलाइ कमर्सियलाज गर्नु भनेको हिरोनी र उस्को नग्नता सग सम्बन्धित छ । कमर्सियलाइजमा न त कथा महत्वपूर्ण हो , न त गीत सङीत महत्व हो न त प्रस्तुतीकरण महत्त्व हो त्यही मात्रै महत्व जो हिरोनीको नीतम्ब, हिरोनीको वक्षस्तल, हिरोनीको अर्धनग्नता र नाङ्गो नाच ।

हाम्रोमा शिक्षित र शालीन हिरोनीको अभाव छ । अझैसम्म पनि नेपाली फिल्मी जगतमा चलचित्र क्षेत्रमा लागेका नारीहरुलाइ त्यति राम्रो दृष्टिकोणले हेरिदैन । चलचित्र -कला र सस्कृती पस्कने माध्यम नभएर यौवन र यौन पस्किने साधन बनिरहेको परिवेशमा इतिहासमा केही त्यस्ता चलचित्र पनि बने जस्ले नेपाली समाज र सस्कृतिलाइ बिम्बित गर्न सफल भए ।

नेपाली चलचित्रको माध्यमिक काल २०२९ देखि २०४६ सम्म बनेका नेपाली चलचित्रमा पक्कै नेपाल र नेपालको पहिचान बोलेको थियो । हुनत २०२३ सालमा बि एस थापाको निर्देशनमा बनेको माइतीघर चलचित्रले पनि नेपाली कला सस्कृतिको उठान गरेको छ । चलचित्र के हो भन्ने राम्रो सग नबुझ्ने नेपाली परिवेशमा पनि यो चलचित्रले नेपाली दर्शकलाइ धेरै कुरा बुझाउन सफल भयो । त्यसपछि बन्ने नेपाली चलचित्रको इतिहासमा यो चलचित्रले एउटा कोसेढुङ्गाको काम गरेको छ । सिंदुर ,मनको बाध , बदलिँदो आकाश ,कुमारी ,कान्छी जीवन रेखा, तिनै कोटिका चलचित्र हुन जाहा ग्ल्यामर्स होइन नारी पात्रलाई आदर्शका रूपमा विशिष्टकरण गरिएको थियो । नारी भनेको सम्मानका पात्र हुन यिनको सुरक्षा गर्नुपर्छ भन्ने भावको प्रचुर बिकास भएको थियो त्यो बेलामा । जब फिलिम कमर्सियल बनाइन्छ यस्को मतलब यो हुन्छ कि यसमा नारी पात्रको दुरुपयोग । अहिले नेपाली समाज धेरै खुला भैसकेको छ । हामीमा हाम्रो सस्कृती भन्ने नै बिस्तारै हराउदै छ । सि ग्रेडका हिन्दी फिल्महरुमा पनि नारी पात्रको यौन अङ्गको प्रदर्शन गरिएको हुन्छ । सि ग्रेडको फिलिम हेर्ने दर्शक पनि सि ग्रेडकै हुन्छन । ग्रेड चै हेर्ने दर्शक र फिल्मको प्रस्तुतीकरणमा भरपर्छ ।

परंपरागत धारमा नै फिलिम बनाउनुपर्छ भन्ने छैन । तर ! कथा चै मंगल् ग्रहबाट ल्याउनु पर्छ भन्न खोजेको पनि होइन । कथा त मानिसकै हुन्छ । मानिस भित्रका अनन्त कथाहरूलाई समेटेर कथा बनाइन्छ । कुनै कथा करुण होलान कुनै कथा प्रेमका होलान , कुनै कथा संघर्षका होलान । किन कुनै निर्मार्ता हिरोनीको अङ्ग प्रदर्शन नै गर्न चाहन्छन बुझ्न सकिएको छैन ।

कथाले कहिले पनि स्वाभाविक रूपमा नारीको अङ्ग प्रदर्शन माग्दैन । कथा यसरी नै बनाउन लगाइन्छ । यस्को स्कृप्ट नै त्यसरी नै लेख्न लगाइन्छ जाहा हिरोनीका अङ्गहरु निर्वाद रूपमा प्रदर्शन गरेर फिलिम बेच्न सकियोस । अझैसम्म पनि बिज्ञापनमा महिलानै देखाइन्छ । महिलाका यौनाङ्ग नै बिज्ञापनको श्रोत बनिरहेको छ । रक्सीको बोतल सग महिला देखाइन्छ । नेपालका अनेक टिभी च्यानल देखि छापा मिडियाहरुमा रक्सी र नारीलाइ सगै देखान्छ । एकातिर नारी अस्मिता रक्षाका लागि हामी आचार सम्हिता लागू गर्छौ अर्को तिर तिनै नारीलाइ ग्ल्यामर्सका नाउँमा मनलाग्दी नग्याउछौ । यहाँ भनाइ र गराइमा कति भिन्नता छ हामी नै सोच्न सक्छौ ।

रक्सीको बिज्ञापनमा किन महिलाको फोटो राख्नुपर्ने ? पुरुष जति रक्स्या हुन्छन स्त्री पनि त्यतिकै रक्स्या हुने हो भने सम्भवत यो समाज यति भयग्रस्त भैसकेको हुने थियो कि हामी कल्पना पनि गर्न सक्तैनौ । चलचित्र मानिसलाइ स्वस्थ मनोरंजन दिनाका लागि निर्माण हुनुपर्छ नकि यौन उत्तेजना फैलाउने द्वैद अर्थ बोक्ने सम्बाद र दोहोरो चरित्र बोक्ने हाउभाउ । मानिसले नीलो चलचित्र पनि निर्माण गरिरहेकै छन । यस्को पनि आ आफ्ना ठाँउमा महत्व होला नै त्यस्को आफ्नै सिमा र सिमितता होला तर बिसुद्द प्रेमकथामा वा सामाजिक बहसमा समाजको जल्दाबल्दा बिषयमा फिल्म निर्माण गर्दै हुनुहुन्छ भने बिक्री ब्यापारका नाउँमा किन कथाले मागेको भन्दै हिरोनीलाइ ब्रा र पेन्टीमा नाङ्गो पार्नुहुन्छ ? कि प्रोनो फिल्म नै बनाउनुस कि सुद्द चलचित्र मात्रै बनाउनुस किन एउटामा नै सन्सार जवर्जस्ती घुसाउनु हुन्छपनको ? ।

सस्कृती बाच्यो भने मात्रै देश बाच्ने हो ।मानिस मात्रै बाचेर देश बाच्ने होइन । किन भुटान भुटान जस्तै छ ? किन नेपाल नेपाल जस्तै छ ? किन तिब्बत तिब्बत जस्तै छ ? धनी सस्कृतिले गरीब सस्कृतिलाइ लोप बनाइदिन्छ । जस्तो अग्रेजहरुको भाषा अग्रेजीले आज बिश्वका भाषालाई निरीह बनाइरहेको छ । अग्रेजको अगाडि हामीले अग्रीजीमै कुरा गर्नुपर्ने बाध्यता छ । अग्रीजी भाषाकै कारण बिश्वका कतिपय भाषाहरु लोपोन्मुख अवस्थामा आइसकेका छन । चलचित्रले भाषाको पनि प्रतिनिधित्व गर्छ । साहित्य , चलचित्र ,सङ्गीतबाट पनि भाषाको उन्नति र बिकासका लागि प्रसस्त मात्रामा संभावना रहन्छ ।

हामीले नेपाली चलचित्र निर्माण गर्दा शुद्ध नेपाली भाषालाई पनि ध्यान दिन सकिरहेका छैनौ । असुद्द र अग्रेजी लवजमा डायलग डेलिभरी गर्न सक्यो भने त्यो हिरो हिरोनी हिट खान्छन । नेपाल अधिराज्यभरी खोलिएका निजि बोर्डिङले नेपाली भाषालाई यसरी सफाय बनाइरहेका छन कि कक्षा कोठामा नै नेपाली बोल्न ब्यान्ड गरिएको छ । स्कुल छिरेदेखी छुट्टी नभएसम्म एउटा नेपाली बिद्यार्थीले नेपाली बोल्न पाउदैन । नेपाली बोल्यो भने फाइन लगाउने चलन छ । हाम्रा बिद्यार्थीहरु अग्रीजीमै खान्छन अग्रीजीमै पढ्छन अग्रेजीमै हिड्छन अग्रीजीमै सपना देख्छन र अग्रेजीमै बिहान उठछन । सुत्त्दा गुडनाइट पापा उठदा गुड मर्निङ मम ब्रेकफास्ट मम । अग्रेजी जान्नु राम्रै हो तर नेपाली भुल्नु चै अपराध हो पाप हो देशद्रोही हुनु हो । सिके रावत आज हरेक बोर्डिङ स्कुलले उत्पादन गरिरहेका छन ।

तपाईं लाई सजाय दिनु भनेको आफ्नो भूगोल भाषा सस्कृतीबाट अलग पारिदिनु हो । भाषा र सस्कृती सकिय पछि तपाईंसग बाकी रहने भनेको चिज नै के छ र ? शरीर त हिस्रक जन्तु किराहरुले पनि पाएकै छन नि । चलचित्रमा भाषाले भेषले सस्कृतिले महत्वपूर्ण भुमिका राख्छ । अमेरिकीले बनाउने चलचित्र र नेपालीले बनाउने चलचित्र उस्तै हाउभाउ र खुल्ल्म खुला भयो भने नेपाली चलचित्रको पहिचान के त ? आज बिश्वमा लोप भएका र लोपोन्मुख सस्कृतिको खोजी हुदैछ । मानिस जहिले पनि आफ्नो आदिम इतिहास प्रती गर्व गर्छ । उ आफ्नो पुर्खाले निर्माण गरेको इतिहासलाई माया गर्छ

बिदेशीहरु आदिम सस्कृती खोज्न नेपाल आउछन तर हामी चै हामी सग भएको आफ्नै सस्कृतिलाइ मेटाउने प्रयत्नशील छौ । हामीलाई पस्चिमी सस्कृती प्यारो छ र बिस्तारै चलचित्रका माध्यम बाट तिनै सस्क्रुती भित्र्याइरहेछौ । शुद्द नेपाली बिक्तैन यस्लाइ ठिमाहा पार्नुपर्छ अनि बिक्रि हुन्छ । अहिले ढिकीमा चामल कस्ले कुटछ खोइ समय त्यति धेरै । अहिले सेलर होलरमा मिलमा चम्काएको प्लास्टिक मिश्रित चामल बिक्छ । मानिसहरूले प्लास्टिक र बिषादीको बाटो सम्हाउन थालिसकेका छन ।

नेपाली समाज यति छाडा भैसकेको छ कि पोर्न फिलिम आउने वेबसाइड बन्द गर्दा यहाँ नेपालका हिरोनीहरुले नै यो बन्द गर्नु हुदैन भनेर बक्तब्य निकाल्छन । नीर्मला पन्तको हत्यापछि सरकार निकै हतोत्साहित भएको छ कि हामी कति धेरै खुल्ला भैसकेको रहेछौ यौयको मामि र यौन बिकृतीले कसरी नेपाली समाजलाइ गाजिसकेको रहेछ भनेर । कुनैकुनै कुरामा मानिस पशु भन्दा पनि निच र घृणित देखिन्छन । बलात्कार गरेर एउटाी अन्जान नारीलाइ किन मार्नु ? यो आदिम प्रवृत्ति बाट मानिस कति धेरै चुकेको छ कि बयान गर्न पनि सकिन्न ।

नेपालमा यौन हिसा जगाउन नेपाली चलचित्र र भारतीय सि ग्रेडमा बनेका चलचित्र पनि त्यतिकै जिम्मेवार छन । नेपालमा यौन हिंसा बढाउन जिम्मेवार स्वयं महिला पनि छन । कथाले माग्यो भने बेड सिन दिन पनि तयार छु भनेर मिडियामा सस्तो अन्तर्वार्ता दिने सस्ता हिरोनीहरुलाइ सोधपुछ गर्नुपर्ने हुन्छ कि नेपालमा यौन हिंसालाई मलजल गर्न ब्रा र पेन्टीमा उत्रेका नग्न हिरोनीहरु कतिको जिम्मेवार छन भनेर ।

एकथरी हिरोनीहरु छन कि पुरुषको माग नै नग्नताप्रती छ हामी दोषी होइनौ दोषी त ती पुरुष हुन जो सधैं स्त्रीलाइ नाङ्गो मात्रै हेर्न चाहे । अबका दिनहरु झन भयग्रस्त हुन सक्छ यदि नियन्त्रण हुन सकेन भने । तपाईं हामी सबैले सहयोग गरु । चलचित्र कर्मीहरुले हिरोनीलाइ ननङ्ग्याउ , अफिस देखि घर सम्म नारी मैत्रीपुर्ण बनाउ, बिज्ञापन ब्यावशायीले रक्सीको बोतल छेउमा नीतम्ब देखाएर नारीको तस्वीर नहालु । रक्सी र नारीमा उस्तै भाव दर्शाउन खोजेको हो भने एक्छिन त्यो दृश्यमा आफ्नी आमालाइ उभ्याएर हेरु कति पीडा थपिन्छ । नारीलाई बिज्ञापनमा प्रयोग गर्न बन्द गरु । यो पनि एक प्रकारको यौन हिंसा नै हो । नारी कुनै बस्तु र ब्यापार सग सम्बन्धित रहन्नन। नारी शौन्दर्यका नाउँमा हरेक बर्ष हुने शौन्दर्य प्रतियोगिता पनि बन्द गरु । ब्यावशायको नाउँमा नारी माथी भएको थिचोमिचो अन्त गरु । सिनेमा नारीप्रधान बनाउ । ब्यापारका नाउँमा नारी अस्मिताको धज्जी नउडाउ ।
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']