२०८१ वैशाख ११ गते | 23rd of April 2024

सान-फ्रान्सिस्कोमा हलोविन, के हो, यो ? कहाँ र कहिले ?

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २९ गते १८:४२

पवन पौडेल/सान-फ्रान्सिस्को – आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।यो चाड मनाउने देशको संख्या बढ्दै गैरहेको छ र नेपाली समाजले पनि यस चाडलाई मनाउदै आइरहेको छ । नेपालीहरुको चाड दशै, तिहार, गाइजात्रा र गठे मंगल सँग यो फेस्टिवलको गतिबिधीहरु मिल्न जुल्न आउछन। बालबालिकाहरुले काला, सेता बस्त्र, भूत पर्यटक, होलिका, भोजमा लगाईने बिशेष पोशाकमा घर दैलोमा आई मिठाई मागी मनोरंजन गर्नु यो फेस्टिभलको गतिबिधी अन्तर्गत पर्दछ ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ।

हलोविन वा ह्यालविन (all hallows evening को छोटकरी) रुप हो ।यो आत्मा दिवस को पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ l विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

विभिन्न भूतप्रेतको पोसाकमा आएका बालबालिकालाई घर धनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई अजुली भरि दिने गर्दछन ! हेलोविन खेल्न आउनेलाई केवल मिठाई मात्र दिनु पर्छ l यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि आउने गर्दछन !

बिगत २ वर्षदेखि हलोविन नाइटको आयोजना गर्दै आएको एस बाबु प्रोडक्सनले यसपाली पनि हलोविन नाइट ३ कार्यक्रमलाइ निरन्तरता दिएको छ । बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता र बिभिन्न उदेश्य लिएर अमेरिका आएका फरक फरक उमेर समुहले यस पर्बलाई पछील्लो केही समय यता मनोरन्जनका साथ मनाउन थालेका छन् ।

अक्टोबर २७ तारिक शनिबारका दिन (173 Eddy St, San Francisco, CA 94102-2706, United States (Palace of Spices) मा हुँदै गरेको कार्यक्रममा बे एरियाका नेपाली डी जेहरु , डी जे एस बाबु , डी जे काले का साथ् साथै अमेरिकन डी जे रोजको पनि जोडदार प्रस्तुति रहने जानकारी एस बाबु प्रोडक्सनका प्रमुख सन्दिप बाबुले दिनु भएको छ ! फोटो बूथ र खाना पनि कार्यक्रमको आकर्शणको रुपमा रहनेछन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *