२०८१ वैशाख ८ गते | 20th of April 2024

पत्रकारमाथि चक्कु प्रहार गर्ने नेकपाका वडाध्यक्ष

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ३० गते ११:१०

प्युठान – प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ का वडाअध्यक्ष टेकबहादुर भट्टराईले कार्यामै चक्क प्रहार गरेका थिए । पूर्व माओवादी केन्द्रबाट निर्वाचित भट्टराईले पत्रकार पिबीको पछाडिबाट चक्कु प्रहार गरेका थिए । घाइते पत्रकार पिबीका अनुसार नगरपालिका भित्रका खोलाको ठेक्काको विषयमा वडाअध्यक्ष र नेत्रबहादुर घर्तीबीच विवाद भएको थियो । वडाअध्यक्ष भट्टराईले घर्तीमाथि चक्कु प्रहार गर्न लाग्दा पत्रकार पिबी छुट्याउन गएका थिए । त्यही चक्कुले वडाअध्यक्षले पत्रकार पिबीको पछाडिबाट टाउकोमा हानेका थिए ।

उपचारमा रहेका पत्रकार पिबीले आफूमाथि वडाअध्यक्षले किन आक्रमण गरे केही जानकारी नभएको बताए । कमिसनको चलखेल हुन लागेको सूचना आएपछि पत्रकार पिबी नगरपालिका पुगेका थिए । ठेक्काको विवादबारे सार्वजनिक हुने डरले हानेको हुन सक्ने बताइएको छ । प्यूठानका एक जनप्रतिनिधिले चक्कु प्रहारबाट घाइते पत्रकार केन्द्र पिबीको उपचार भइरहेको छ । प्राथमिक उपचार पछि उनलाई वुटवलमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *