२०८१ वैशाख ७ गते | 19th of April 2024

न्यूयोर्कमा कलाकारहरुसंग सङ्गीतकार टीका भण्डारीबाट दशैंको सामुहिक टीका ग्रहण

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ५ गते ०:४०

सबु सापकोटा / न्यूयोर्क – दसैं बिशेष कार्यक्रममा ६० जना नेपाली कलाकारहरुले कार्यक्रमको शिलशिलामा नेपालबाट केहि दिन अघि अमेरिका आईपुगेका बरिष्ठ सङ्गीतकार तथा गायक टीका भण्डारीको हातबाट सामुहिकरुपमा दसैंको टीका लगाए। टीकालाई बरिष्ठ गायिका सपना श्री,गायक नरबहादुर दाहाल, संगीतकार शिशिर श्रेष्ठले समेत साथ दिएका थिए।

अमेरिका नेपाली कलाकार सङ्घका अध्यक्ष सुमन बुढामगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा न्युयोर्कमा रहेका ९० जना मध्ये ६० जना कलाकारहरु उपस्थित भएका थिए। केहि राष्ट्रिय खेलाडी तथा पत्रकारहरुको समेत सो कार्यक्रममा सहभागी रहेको थियो ।
धार्मीक साँस्कृतिकरुपमा फरक आश्थाका कारण दसैंमा टीका ग्रहण नगर्ने केहि कलाकारहरू समेत कार्यक्रममा भावनात्मकरुपमा एक्यबद्दताका लागि सहभागी भएका देखिन्थ्यो ।

टीका ग्रहण कार्यक्रममा बरिष्ठ गायिका सपना श्री, चर्चित गायक जगदिस समाल, बरिष्ठ गितार बादक शिशिर श्रेष्ठ, गायक तिलक बम मल्ल, चर्चित लोक गायक बिमल डाँगी मगर, सुमनबुढा मगर, गायिका शर्मिला गुरुङ,बरिष्ठ बाद्यकलाकर न्हुच्छेमान डंगोल, राष्ट्रिय धावक, गायक नरबहादुर दाहाल,लगायत ६० भन्दा बढी कलाकारहरुलाई सङ्गीतकार भण्डारीले टीका जमरा लगाउंदै फलार प्रसाद प्रदान गरेका थिए।
कार्यक्रममा आ- आफ्ना गीतका मुखडा प्रस्तुत गर्दै कलाकारहरुले नेपालमा बस्ने आफ्ना परिवारजन र शुभचिन्तकहरुलाई समेत दशैंको शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रमको अतिथिमा कान्तिपुर पब्लिकेसनका पत्रकार,सफल सगरमाथा आरोही आङ् छिरिङ् शेर्पा रहेका थिए ।
कार्यक्रम स्थलको एउटा लबीमा यस प्रकारको दसैं पर्व बिशेष कार्यक्रम भईरहँदा, अर्को लबीमा बसेका अमेरिकन नागरिकहरु समेत निकै चासो मानेर कार्यक्रमलाई नियालिरहेका देखिन्थे । कार्यक्रममा यहि आउँदो डिसेम्बर ८ तारिकमा अमेरिकन नेपाली कलाकार सङ्घले न्युयोर्कमा बृहत सांगीतिक साँझ तथा अग्रज स्रष्टा सम्मानको कार्यक्रम गर्न लागेको कुरा अनलाइन प्रसारण मार्फत सबैलाई सगौरब जानकारी गराइएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै संगीतकार /गायक टीका भण्डारीले भने -” यसरि आफ्नो परिवार र देशबाट बिछोडिएका हाम्रा प्रिय कलाकारहरुलाई सामुहिकरुपमा बडा दसैंको टीका लगाउन पाउनु मेरो लागि पनि निकै गर्वको बिषय हो। यो एउटा सुखद संयोग मात्र नभई तपाईं सम्पूर्ण कलाकारहरुको म प्रतिको सम्मानका रुपमा समेत लिएको छु। हामी जहाँ रहे पनि नेपाली हौँ, हाम्रो राष्ट्रिय स्वाभिमान र गौरब हाम्रा चाड पर्बहरुमै सम्मिश्रित छन्। हामी बिचको जातिय, क्षेत्रीय र धार्मिक साँस्कृतिक अनेकता र बिबिधतालाई गीत सङ्गीत र कलाका अन्य मिठासहरुले मात्र एकता र सुमधुरतामा बदल्न सक्छ। हामी यस मानेमा सार्है धन्य छौं, यो एउटा उधाहरण पनि हो,आयोजक साथीहरुलाई धेरै धेरै धन्यवाद। ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *