२०८१ वैशाख ८ गते | 20th of April 2024

सुपरस्टार सलमान खानसँग काम गर्न चाहँदैनन्, यी नायिकाहरु

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ५ गते ११:३५

बलिउडको दबांग खान यानि कि सलमान खान हिन्दी चलचित्र उद्योगको एक सुपरस्टार हुन्। आज उनको फिल्म उनकै दमबाट हिट भईरहेको छ। तर यति सफलता हासिल गरे पछि पनि सलमान खानसँग यी अभिनेत्रीहरु कहिल्यै काम गरेको देखिएको छैन। सलमान खान आफ्नो २९ वर्षको फिल्मी करियरमा यी अभिनेत्रीहरुसँग एक पटक पछि कहिल्यै पनि सँगै काम गरेनन र केही यस्ता अभिनेत्रीहरु पनि छन् जसको साथ अहिलेसम्म पनि कुनै फिल्ममा सँगै काम गरेका छैनन्।

Image result for salman khan

१. रविना टन्डन: – सबैभन्दा पहिले हामी कुरा गर्छौँ ९० को दशककी अभिनेत्री रविना टन्डनको । सलमान खानले रविनासँग मात्र एक फिल्ममा काम गरेका थिए। फिल्मको नाम ‘अंदाज अपना-अपना’ हो जसमा उनीहरुसँग आमिर खान पनि देखिएको थियो। यो फिल्म सन् १९९४ मा रिलिज भएको थियो। तर १८ बितिसकेपछि पनि रविना र सलमान खान एक साथ देखा परेका छैनन्।Image result for raveena tandon

२. ट्विङ्कल खन्ना: – यस प्रकरणको दोस्रोमा ट्विङ्कल खन्नाको नाम आउँछ। ट्विङ्कलले आफ्नो फिल्मी करियरको सुरुवात सुपरहिट फिल्म ‘बरसात’ बाट गरेकी हुन्। फिल्ममा बबी देओल प्रमुख भूमिकामा थिए। सन् १९९८ मा प्रदर्शनमा आएको फिल्म ‘जब प्यार किसी से होता है’ मा पहिलो र अन्तिम पटक उनले सलमान खानसँग काम गरेकी थिईन। त्यसपछि दर्शकले उनीहरुको जोडीलाई कहिल्यै देख्न पाएनन। Image result for twinkle khanna

३. तबु: – सलमान खानसँग प्रमुख भूमिकामा अभिनेत्री तबुलाई देखिएको छैन। तथापि फिल्म ‘हम साथ-साथ हैं’ मा तबुले सलमानको भाउजूको भूमिका निभाएकी थिईन। तर ठुलो पर्दामा तबु र सलमान खानलाई जोडीको रुपमा कहिल्यै देखिएको छैन। तब्बुलाई फिल्म ‘जय हो’ मा सलमान खानसँग देखिएको थियो। यस फिल्ममा तबुले सलमान खानको बहिनीको भूमिका निभाएकी थिईन। तबुले आफ्नो फिल्मी करियरको सुरुवात सन् १९८० मा रिलिज भएको फिल्म ‘बाजार’ बाट गरेकी हुन्।

Image result for tabbu

४. जुही चावला: – सलमान खानलाई बलिउड अभिनेत्री जुही चावलासँग पनि एक साथ देखिएको छैन। तर फिल्म दीवाना मस्तानामा सलमानले एक गेस्ट रोल गरेका थिए। उक्त फिल्ममा गोविन्दा, अनिल कपूर र जुही चावला मुख्य भूमिकामा थिए। तर अहिले सम्म सलमान खान र जुही चावलाको जोडी ठुलो पर्दामा देखिएको छैन , जबकि दुवैले फिल्म उद्योगमा करियर सुरु गरेको लगभग एक साथ नै हो।Image result for juhi chawla

५. विद्या बालन: – विद्या बालनले सन् २००५ मा रिलिज भएको चलचित्र ‘परिणिता’ बाट बलिउडमा कदम राखेकी हुन्। यस पछि सन् २००६ मा रिलिज भएको चलचित्र ‘लगे रहो मुन्नाभाई’ मा धमाकेदार प्रस्तुति दिएकी थिईन। अहिले विद्याको फिल्म उद्योगमा १३ वर्ष भएको छ। तर सलमानसँग विद्याले एक फिल्ममा पनि काम गरेकी छैनन।Image result for vidya balan

६. कंगना राणावत: – बलिउड क्वीन कंगना राणावत पनि यस सुचीमा सामेल छिन। कंगनाले ग्यांगस्टारबाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी हुन्। यस फिल्मबाट कंगनाले बेस्ट फिमेल डेब्यु अवार्ड पाएकी थिईन। अहिले कंगनाको बलिउडमा १२ वर्ष भईसकेको छ र उनी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीहरुको सुचीमा पनि सूचीकृत छिन। तर यी १२ वर्षको बीचमा कंगनालाई एकपटक पनि सलमान खानसँग कुनै पनि फिल्ममा देखिएको छैन। हाल कंगना आगामी फिल्म ‘मणिकर्णिका’ को शुटिङ्गमा व्यस्त छिन्।

Image result for kangana ranaut

७. दीपिका पादुकोण: – यस सुचीमा अन्तिम नाम बलिउडको शीर्ष अभिनेत्री दीपिका पादुकोणको आउँछ। दीपिकाले फराह खानको फिल्म ‘ओम शान्ति ओम(२००७)’ बाट फिल्मी करियरको सुरुवात गरेकी हुन्। आज दीपिका बलिउडमा शीर्ष स्थान छिन् र उनको पारिश्रमिक पनि सबैभन्दा बढी छ। तर आज सम्म दीपिकालाई सलमानसँग एक पटक पनि देखिएको छैन।Image result for deepika padukone

Leave a Reply

Your email address will not be published. Required fields are marked *