२०८१ वैशाख १२ गते | 24th of April 2024

कमेडियन कपिल पनि विवाह बन्धनमा, डिप्रेशनबाट मुक्त

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ६ गते ९:०८

मुम्बई – यो वर्ष बिहे गर्ने सेलेब्सको सूचीमा कमेडियन कपिल शर्माको नाम पनि समावेश हुने भएको छ । रणवीर सिंह र दीपिका पादुकोणले बिहेको मिति सार्वजनिक गरेसँगै कपिलले पनि बिहेको मिति सार्वजनिक गरेका छन् । कपिलले आगामी १२ डिसेम्बरमा बिहे गर्ने जानकारी दिएका छन् । बिहे उनकी हुनेवाली दुल्हन गिन्नीको होमटाउन जालन्धरमा हुने बताईएको छ । Image result for kapil sharma and ginni

कपिलले भनेका छन्, ‘हामी सामान्य तरिकाले बिहे र्ग चाहन्थ्यौं । तर, गिन्नी एक्ली छोरी हुन् त्यसैले धुमधाम बिहे हुनेछ । म उनको भावनालाई बुझ्छु । मेरी आमा पनि त्यहि चाहन्छिन् ।’ कपिलले भने, ‘जब मेरो दाईको बिहे भयो, त्यतिबेलामा मेरो राम्रो कमाई थिएन । त्यो बेला सानो जन्ती लिएर भाउजुलाई घर ल्याएका थियौं । तर, जब मेरी बहिनीको बिहे भयो, म राम्रो कमाउन थालेको थिएँ, हाम्रो स्तरअनुसार त्यो बिहे निकै धुमधाम थियो ।’Image result for kapil sharma and ginni

कपिल शर्माबारे अर्को समाचार के छ भने उनी छिट्टै आफ्नो शो मा देखिँदै छन् । द कपिल शर्मा शोका माध्यमबाट उनी फेरि टेलिभिजनमा देखिने तयारीमा छन् । उनी शोको शूटिंगका लागि मुम्बई पुगिसकेका छन् । कपिलले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गरेर शो शूटिंगबारे जानकारी दिएका छन् ।

उनले इन्स्टाग्राममा साथीहरुसँगको तस्वीर सार्वजनिक गरेका  छन्। सो तस्वीरमा उनी निकै खुशी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *