२०८१ वैशाख १४ गते | 26th of April 2024

जुनकिरी गीत लिएर आउंदै गीतकार न्यौपाने

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ६ गते ९:१७

टेक्सास – लामो समयदेखि गीति लेखन विधामा कलम चलाई रहने युवा गीतकार भुपेन्द्र न्यौपानेको “जुनकिरी” नामक गीत बजारमा छिट्टै आउने भएको छ । यो उनको दोश्रो गीत हो । हाल अमेरिकाको टेक्सास बस्दै आएका न्यौपाने व्यस्त अमेरिकी जिवनलाई व्यवस्थापन गर्दै गीत लेख्छन । उनि व्यवसायीक गीत लेखक भने होईनन तर उनको लेखाईलाई कुनै व्यवसायिक लेखनभन्दा कम आँक्न सकिन्न । जुन भाव र लयमा उनको गीत बगेको छ त्यसले व्यवसायिक लेखकलाई माथ गर्ने क्षमता राख्छन भुपेन्द्र ।

मिनलसार स्वभावका धनी भुपेन्द्रको गीति लेखन यात्रा नयाँ पनि होईन । उनले सानैदेखि रुचि राख्ने गीति क्षेत्र समय मिलाएर निरन्तरता दिदै आएका हुन । यसअघि पनि भुपेन्द्रको अरुसंग हाँस्दै बोल नामक गीत बजारमा आई सकेको छ । विन्ध्यवासिनी म्युजिक प्रा लि ले बजार ल्याउने सो गीत छायाङ्कन भई रहेको गीतकार न्यौपानेले बताए ।

उक्त गीतका युवा चर्चित गायक प्रताप दास हुन् भने सङ्गीत शङ्कर थापा(स्माइल) ले दिएका छन् । गीत भुपेन्द्र न्यौपानेको रहेको छ भने काजिश श्रेष्ठले निर्देशक दिएका छन् । उक्त गीतमा कलाकारहरू अञ्जली अधिकारी तथा काजिश श्रेष्ठको अभिनय रहेको छ ।

Image result for pratap das

न्यौपाने अमेरिकाका विभिन्न सङ्घ संस्थामा आबद्ध रहेका छन् भने अमेरिकाका समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *