२०८१ वैशाख ८ गते | 20th of April 2024

श्रीपशुपतिनाथ फाउन्डेशनको बहुप्रतिक्षित बोर्ड समितीको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ८ गते ११:५६

लस एन्जलस – श्रीपशुपतिनाथ फाउन्डेशन, लस एन्जलसको बहु-प्रतिक्षित बोर्ड समिती अन्तत: घोषणा भएको छ । लस एन्जलस क्षेत्रमा सामुदायिक केन्द्र र मन्दिर निर्माणको सपना बोकेर गठन भएको फाउन्डेशनदेखी आजको मितिसम्म अध्यक्ष रहेका आर्टेसिया नगरका काउन्सिलर भक्त थापाको संयोजकत्वमा गटित ‘छनौट समिती’ले आज २१ सदस्यीय नयाँ समितिको घोषणा गरेको छ ।

छनौट समितिले सार्वजानिक गरेको नयाँं कार्यसमिती :

नयाँ अध्यक्षको नाम तोकिएन :

नव-गठित कार्यसमिती घोषणा गर्दा संस्थाका नियम आफ्नै रहेपनि सर्वत्र चासोको बिषय रहेको बोर्डको अध्यक्ष बुझ्ने भाषामा तोकिएको छैन । अल्फाबेटी तवरले नाम सार्वजानिक गरिंदा सबैभन्दा माथी नाम रहेका मन्दिरका सबैभन्दा ठुला दाता एकराज ‘नारायण’ पाण्डे अध्यक्ष रहेको समिती घोषणा भएको बुझिन्छ ।

Image result for pashupatinath foundation

एकराज ‘नारायण’ पाण्डे, मुकुन्द ढुंगाना, रामेश्वर भन्डारी, गोकुल पौड्याल र बिमल श्रेष्ठ मध्य एकजना बोर्डको अध्यक्ष बन्ने हल्लाका बिच सबैभन्दा ठुला दाता पाण्डे सम्भवत: आगामी कार्यकालका लागि अध्यक्ष चुनिएका छन । आन्तरिक बहशको बिषयको रुपमा जमारा र बडादशैंलाई छांयांमा पारेको फाउण्डेशनको चर्चाले अन्तत: गती लिने आशा रहेको छ । भलाई, स्थापना, कार्यदक्षता, साधारण सभा, छनौट समिती र प्रकृयाका आ-आफ्नै विवाद छदैछन् । तर सबैलाई अटाउन असम्भव अन्य संस्थासंगै २१ जनाको नयाँ कार्यसमिती छनौट समितिले सार्वाजानिक गरेको छ । Image may contain: Aryal Neera and Narayan Pandey, people smiling

समितिमा यसअघि कार्यसमितिमा नरहेका भिम ‘नारान’ ढकाल, बासुदेव घिमिरे, एकदेव शर्मा, ज्ञानेन्द्र गुरुङ्ग, गंगा बस्नेत, ईन्दिरा त्रिपाठी, केदार पौडेल, राजेश पाण्डे, शुशिला पाण्डे, साबित्री ओली, तिलक कार्की र उपेन्द्र सापकोटा पहिलोचोटी मनोनयन भएका छन । यसैगरी एकराज ‘नारायण’ पाण्डे, बिमल श्रेष्ठ, डिल्ली थापा, गोकुल पौड्याल, दिपक पाठक, रामबाबु पाण्डे, रामेश्वर भन्डारी, रामचन्द्र लामिछाने र उपेन्द्र न्यौपाने पून: मनोनयनमा परेका छन ।Image result for shree pashupatinath foundation

कस्तो बन्ला कार्यसमिती ?

२१ जनाको यही नामावालीबाट सम्भवत: कार्यसमितिका पदाधिकारीहरुको घोषणा हुनेछ । विश्वस्त सुत्रका अनुसार एक्राज ‘नारायण’ पाण्डे आगामी कार्यकालका लागि अध्यक्ष हुनेछन । गोकुल पौडेल, रामेश्वर भन्डारी, भिम ढकाल, बिमल श्रेष्ठ, रामबाबु पाण्डे र वासुदेव घिमिरे मध्यबाट उपाध्यक्षहरुको पदपुर्ती हुनेछ भने निवर्तमान कार्यसमितिका सचिव रामेश्वर भन्डारी नै सचिवमा दिहोरिनेछन । दिपक पाठक र प्रष्टवक्ता तिलक कार्कीमध्य एक जना सम्भवत: कोषाध्यक्ष हुनेछन ।

Image result for shree pashupatinath foundation, usa

पुराना के होलान ?

निवर्तमान कार्यसमितिका सफल अध्यक्ष भक्त थापा दुई कार्यकालका अध्यक्ष भईसकेकाले उनी ‘नयां बन्ने ट्रस्टी’ तिर बस्नेछन । अध्यक्ष पदका दावेदार महावाणिज्यदुत ॠषि ढकाल प्रोटोकल्ली अध्यक्ष नलडी छनौट समितिमा बसे । अर्का अध्यक्षका दावेदार गोकुल पौडेल सम्भवत: आगामी कार्यकालको तयारी गर्दै सदस्यमै बस्नेछन । अध्यक्षका सम्भावित अग्रजहरु मुकुन्द ढुंगाना, राम लामा र राजेन्द्र सिवाकोटी पनि शायद ट्रस्टीमा बस्नेछन । निवर्तमान कार्यसमितिमा नपरेका कतिपय सदस्यहरु नदोहोरिए पनि र समितिमा पर्न सक्ने सम्भावित सदस्यहरु सुत्रका अनुसार फाउन्डेशनका स्टेरिङ्गग कमिटीभित्र पर्नेछन ।Image result for shree pashupatinath foundation

नवगठित कार्यसमितिलाई खुल्लामन्चको हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *