२०८१ वैशाख ८ गते | 20th of April 2024

निर्मला हत्याकाण्डका दोषी अन्य दुई डिएसपीलाई पनि बर्खास्त गर्न दवाव

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक १२ गते ८:२८

महेन्द्रनगर – निर्मला पन्तको बलात्कारपछि हत्या काण्ड अनुसन्धानमा लापरबाही गर्ने डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठीको टिमलाई पनि बर्खास्त गर्न माग उठेको छ । उखुबारीमा शव फेला परेको दिन कञ्चनपुरका तत्कालीन प्रहरी नायब उपरीक्षक सेठीको उपस्थितिमा प्रमाण नष्ट भएको र केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी जिसीले अनुसन्धानमा लापरबाही गरेको भन्दै आफन्तले बर्खास्त गर्नु पर्ने माग राखेका हुन् । निर्मलाका अभिभावक र अधिकारकर्मीले घटनामा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरी प्रमुख इन्सपेक्टर जगदीश भट्ट मात्रै दोषी नभई अनुसन्धानमा संलग्न सबै प्रहरीले लापरबाही गरेकाले उनीहरुमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

Image result for निर्मला हत्याकाण्ड

शव फेला परेको दिन निर्मलाको सुरुवाल पखाल्नेदेखि निर्दोष दिलिप बिष्टलाई फसाउन उनको घरबाट कमिजको खल्ती च्यातेर ल्याउन लगाउने प्रहरीलाई कानुनी दायरामा नल्याएसम्म दोषी पत्ता नलाग्ने अधिकारकर्मीको भनाई छ । उनीहरूले घटनालाई तोडमोड गर्न दुई प्रहरीलाई मात्रै बर्खास्ती गरेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएका छन् । अधिकारकर्मी माया नेगीले सिआइबीका डिएसपी जिसी र सेठीलाई पनि बर्खास्ती गर्नुपर्ने बताइन् । घटनाको अनुसन्धान गर्न १३ साउन कञ्चनपुर आएको सिआइबी टोलीका प्रमुख जिसीले दिलिपलाई फसाउन कमिजको खल्ती च्यातेर ल्याएको उनले बताइन् ।Image result for निर्मला हत्याकाण्ड

निर्मलाका बाबु यज्ञराज पन्तले शव फेला परेको दिन अनुसन्धानमा खटिएका डिएसपी सेठी, सिआइबीका डिएसपी जिसी र घटना स्थलबाट शव छाडेर आउने प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई कारबाही गर्नु पर्ने बताए । उनले छोरीका हत्यारा बचाउन निर्दोषलाई फसाउन खोजेको र घटना स्थलमा प्रमाण नष्ट गर्न सुरुवाल पखाल्न लगाएको बताए । महिला अधिकारकर्मी एव नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मीना भण्डारीले अपराधी लुकाउन र प्रमाण नष्ट गर्न अनुसन्धानमा खटिएका सबै प्रहरी लागिपरेको आरोप लगाइन् । उनले तिहारसम्म दोषी सार्वजनिक नगरे फेरि आन्दोलन गर्ने बताइन् ।Image result for निर्मला हत्याकाण्ड

अधिकारकर्मी नितु भट्टले बर्खास्ती जनताको चाहना नभई वास्तविक दोषी सार्वजनिक गनु पर्ने धारणा व्यक्त गरिन् । यस्तै अधिकारकर्मी शारदा चन्दले सरकारले न्याय दिन आलटाल गरेकाले आन्दोलन गर्न बाध्य भएको बताइन् । निर्मलाको बलात्कारपछि हत्या भएको झण्डै तीन महिना हुँदा पनि प्रहरीले वास्तविक हत्यारा पहिचान गर्न सकेको छैन । गत साउन १० गते साथीको घरमा होमवर्क गर्न जाँदा ११ साउनमा शव फेला परेका थियो । कञ्चनपुर प्रहरीले घटनामा संलग्नको खोजी तिव्र बनाएको जनाउँदै ‘न्यारोडाउन’ विधिमार्फत अनुसन्धान भइरहेको बताएको छ ।

Image result for निर्मला हत्याकाण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *