२०८१ वैशाख ११ गते | 23rd of April 2024

निर्माण व्यवसायीको क्षमता विस्तार गर्न सरकार तयार – मन्त्री महासेठ

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक १६ गते ८:५१

काठमान्डौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुको क्षमता विस्तार गर्न सरकार तयार रहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग विहिवार भएको भेटमा मन्त्री महासेठले मुलुक समृद्ध बनाउने मुख्य जिम्मा स्वदेशी निर्माण व्यवसायीहरुकै भएकाले उनीहरुको क्षमता विस्तार हुनुपर्ने बताउनु भएको हो । मन्त्री महासेठले निर्माण जगतलाई समृद्ध बनाउन विद्यमान ऐन कानून परिमार्जन गर्न समेत सरकार तयार रहेको बताउनुभयो । स्थानीय निकायको काम, कर्तव्य र अधिकार बारे सबै कुरा प्रष्ट नहुँदा भुक्तानीको समस्यमा रहेको स्विकार गर्दै मन्त्री महासेठले प्रक्रिया पु¥याएर सबै व्यवसायीको रकम भुक्तान गरिने बताउनुभयो । निर्माण व्यवसायी कोषलाई व्यवस्थित गरिने पनि मन्त्री महासेठले बताउनुभयो ।

भेटमा महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका समस्या र समाधानका उपायका बारेमा मन्त्री महासेठलाई जानकारी गरायो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले व्यवसायीहरुलाई पेशाबाट नै पलायन गर्ने गरी जारी भएको मुलुकी अपराध (संहिता) ऐनप्रति कडा आपत्ति जनाएको छ । गल्ती गरेको खण्डमा व्यवसायीलाई कार्वाहीको दायरामा ल्याउन विगतका ऐन कानून नै पर्याप्त रहेको महासंघको भनाइ छ । महासंघले हाल समयमा निर्माण कार्य सम्पन्न नहुनुको मुख्य कारण निर्माण व्यवसायीले आफ्नो क्षमता भन्दा बढी काम लिनु हो भन्दै निर्माण व्यवसायीको क्षमता अनुसार मात्र काम उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी गर्न मन्त्री महासेठ समक्ष अनुरोध गरेको छ । सबै साना निर्माण व्यवसायीहरुलाई समेत सहज रुपमा बोलपत्रमा सहभागी हुन पाउने वातावरण बनाइदिन पनि महासंघले ध्यानाकर्षण गराएको छ । हाल सार्वजनिक खरिद ऐनको दफा १० मा निर्माण व्यवसायी ऐनले व्यवस्था गरेको वर्गलाई बोलपत्रमा सहभागी हुँदा खारेज गरेको देखिएकोले त्यसको सट्टा टर्न ओभरको आधारमा वर्ग कायम गरिदिने व्यवस्थाको लागि महासंघले आग्रह गरेको छ । विद्यमान रहेको हालको व्यवस्थालाई संसोधन गरी जिल्ला स्तरका आयोजनामा आह्वान हुने बोलपत्रमा रु. ६ करोड सम्ममा सम्बन्धित स्थानीय अन्र्तगतका निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाका लागि महासंघले मन्त्री महासेठको ध्यानकर्षण गरेको छ । त्यस्तै प्रदेश स्तरका आयोजनामा आह्वान हुने बोलपत्रमा रु. ६ करोड देखि रु १५ करोड सम्ममा सम्बन्धित प्रदेश अन्र्तगतका निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुनुपर्न महासंघको माग छ ।

राष्ट्रिय स्तरका आयोजना आह्वान हुने बोलपत्रमा रु १५ करोड देखि माथि रु १ अर्ब सम्म सम्बन्धित् राष्ट्रिय स्तरका निर्माण व्यवसायीले प्रतिस्पर्धा गर्ने व्यवस्था लागि महासंघले अनुरोध गरेको छ । भूकम्प तथा नाकाबन्दीका कारण इन्धन लगायत निर्माण सामाग्रीको अभावमा राष्ट्रभर संचालित सम्पूर्ण निर्माण आयोजनाहरु प्रभावित भई निर्माण कार्य रोकिएको कारण समयमै कार्य सम्पन्न नभएको अवस्थामा प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार २०७६ चैत्र मसान्त सम्मको लागि विना हर्जना म्याद थपको व्यवस्था मिलाई दिन महासंघले अनुरोध गरेको छ । प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै महासंघका मनार्थ सदस्य जीप छिरिङ लामा शेर्पा, उपाध्यक्ष आङ दोर्र्जी लामा (एडी), उपमहासचिव टंकप्रसाद चौलागाई (नीतिगत), कोषाध्यक्ष हिरण श्रेष्ठ, केन्द्रीय सदस्यहरु अशोक केसी, सुरज जंग मल्ल, प्रमोद लामिछाने, मोहनकुमारी कालिकोटे, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

One thought on “निर्माण व्यवसायीको क्षमता विस्तार गर्न सरकार तयार – मन्त्री महासेठ

  1. The recommended adult dosage of PROTONIX I cialis generic buy ItГў s too bad that the TexansГў Brian Cushing, a New Jersey native and one of the best players in the NFL, signed a long term extension with Houston last month rather than becoming a free agent after the season

Leave a Reply

Your email address will not be published. Required fields are marked *