२०८१ वैशाख १२ गते | 24th of April 2024

नेवा: अर्गनाइजेशनद्दारा लस एन्जलसमा म्हः पूजा तथा नेपाल सम्बत मनाईंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक १९ गते १६:२९

लस एन्जलस –  नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले नोभेम्बर ८ बिहिबार म्हः (आत्म) पूजाको आयोजना गर्न लागेको छ । आर्टेसिया शहरको तारा हिमालयन कुजिनामा साँझ ६ बजे देखि हाम्रो पर्व, हाम्रो गर्व, हाम्रो परिचयको रुपमा कार्यक्रम शुरु हुने अध्यक्ष दुर्गा श्रेष्ठले जानकारी दिए। सो अबसरमा मिस नेवा: ११३८ रिजु मानन्धरले नेवारी संस्कृतिको बारेमा प्रस्तुति समेत दिनेछिन । 

म्हः पूजा अर्थात् स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठुलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर भएकोले म्हः पूजालाई शरीर पूजा पनि भनिन्छ । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ । संसारमा सबैभन्दा ठुलो आत्मा हो, आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । 

प्रवासमा नेपाली कला संस्कृतको जगेर्ना गर्दै भावी पुस्तालाई समेत आफ्नो संस्कृति प्रति सु-सूचित गराउने उद्द्देस्यका साथ संस्थाको स्थापना देखि नै म्हः पूजाको आयोजना गर्दै आइरहेको संस्थाका सचिव बिमल श्रेष्ठले बताए । स्थापनादेखि लस एन्जलसमा धर्म संस्कृति जोगाउने यस्तै कार्यक्रमहरु गर्दै आइरहेको संस्थाले यस बाहेक रक्तदान, यमरी पूजा लगायतका कार्यक्रम समेत गर्दै आएको छ ।Image may contain: 1 person, text

स्रोत : दुरबिन नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *