२०८१ वैशाख ७ गते | 19th of April 2024

बिहेका लागि ईटाली पुगे दीपिका र रणवीर

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २६ गते १६:४४

मुम्बई – नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह बिहे गनृका लागी इटाली पुगेका छन् ।उनीहरुले वुधबार र बिहिबार बिहे गर्दैछन् । नोभेम्बर १४ र १५ तारिखमा हुने बिहेका लागि यो जोडी परिवारसहित इटाली पुगेको हो । यो जोडीले इटालीमा बिहे गरेपछि मुम्बइमा भव्य पार्टी दिने भारतिय मिडियाले उल्लेख गरेका छन् ।

मुम्बई एयरपोर्टमा यो जोडीले मिडियालाई कुनै प्रतिक्रिया नदिएपनि रणवीरले भने एयरपोर्टमा ‘डोली सजा के रखना’ बोलको गीत गाएका थिए । ईटालीमा हुने बिहेमा आफन्त र केही सिमित साथीहरुलाई मात्र निम्तो गरिएको छ ।इटाली उड्दा यी दुबैले सेतो रंगको पहिरन लगाएका थिए । केही समय पहिले विराट कोहली र अनुष्का शमाृले पनि इटालीमा बिहे गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *