२०८१ वैशाख ८ गते | 20th of April 2024

अमेरिकामा नेपालीले रगत दानको लागि गरेको खर्च ११ करोड

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ८ गते १९:२७

अर्जुनप्रसाद मैनाली

विभिन्न कारण र अवसरको खोजीमा गत दुई-तीन दशकमा धेरै संख्यामा नेपालीहरू अमेरिका आएको देखिन्छ। उनीहरूले आफ्नो र परिवारको खुसीका लागि यथेष्ट आम्दानी समेत गरेका छन्। आफ्नोखुसीसँगसँगै अरुलाई सहयोग गर्नका लागि पनि नेपालीको मन अगाडि देखिएको छ। सन् २००८ देखि २०१५ सम्ममा संस्थागत रुपमा छ हजारभन्दा बढी नेपालीले रगत दान गरिसकेका छन्।

यति रगतबाट १८ हजार बिरामीहरूलाई बचाउन सहयोग हुन्छ। एकपटक रगत दान कार्यक्रमआयोजना गर्दा करिब ४० जनाले रगत दान गर्ने गरेका छन्। अहिलेसम्म करिब १ सय ५० वटा रगत दान कार्यक्रम भइसकेका छन्। एक पटकको रगतदानमा करिब १ सय २५ जना जतिको उपस्थिति रहने गरेको छ। करिब चार सय जनामा खबर तथा उत्प्रेरणागरेपछि सो संख्यामा उपस्थित रहने गरेको हो। दश जनामा रगत दानको लागि उपस्थित हुन खबर गर्दा ३ जना उपस्थित भएका मध्ये १ जनाले रगत दान गर्ने गरेको अनुमान छ। छ हजार युनिट रगत दान गर्न करिब १८ हजार नेपाली उपस्थित हुन्छन्। आफ्नो घरबाट रगत दान हुने स्थलमा जान-आउन स्वास्थ्य परीक्षण र रगत दिने समयसमेत करिब तीन घण्टा हुन्छ।

१८ हजारजनाको उपस्थितिमा ३ घन्टाको दरले ५४ हजार घण्टा समय खर्च भएको छ। उपस्थित हुने नेपालीको सालाखाला १ घन्टाको १५ डलर कमाउँदाको हिसाबले ५४ हजार घन्टाको ८ लाख १० हजार डलर बराबरको समय प्रदान गरेका छन्। ५४ हजार जनालाई रक्तदान कार्यक्रममाजान(आउन प्रति व्यक्ति करिब चार डलर यातायात खर्चले २ लाख १६ हजार डलर हुन आउँछ। त्यस्तै हल भाडा, रक्तदाता तथा स्वयंसेवकलाई खाजा, ब्यानर, सर्टिफिकेट आदिमा प्रति रक्तदानकार्यक्रममा ५ सय डलरका दरले १ सय ५० वटा कार्यक्रममा ७५ हजार डलर खर्च भएको छ। यसरी कूल खर्च ११ लाख १ हजार डलर भएको देखिन्छ।

आजको दिनमा यति डलरको ११ करोड १ लाख रुपैयाँ हुन आउँछ। अमेरिकामा नेपालीले रगत दानको लागि प्रदान गरेको समय र खर्च भएकोअदृश्य रकम रहेको मेरो अनुमान छ। अमेरिकामा रहेका नेपालीले यत्तिको समय र रकम खर्च गरेर आफ्नो शरीरको अमूल्य रगत दान गरि यहाँका बिरामीलाई बचाउन प्रयास गरेकोमा उनले सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

(लेखक ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष तथा सम्भवत सबैभन्दा धेरैपटक रगत दिने नेपाली हुनुहुन्छ ) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *