लस एन्जलस – मन्दिर भएन, यसका कार्यसमितिका हकवालाहरु ठीक भएनन, समिती प्रजातान्त्रिक भएन र अब लस एन्जलसमा बनेको मन्दिरको गजुर ढल्ने भो अनी बर्वाद हुने भयो भन्ने समाचार र लेखहरु सर्वाधिक ब्याप्त भए, ठीक एक महिना पहिले लस एन्जलसमा । मन्दिर स्थापनाका लागि मात्र भनेर बनेको नि-वर्तमान कार्यसमितीको निरन्तरता अप्रजातान्त्रिक भयो भन्ने खबरहरु धेरै बहस र कार्यक्रममा नचाहेरै पनि घुस्दथे, घुसे । यी यावत कथा-कहानीहरुका ठेलीहरु आ-आफ्ना ठाउंमा छदैंछन्, र पनि के होला पशुपती फाउन्डेशनको भविश्य वा ओ बन्ला सभापती भन्ने बिषय नै करिब तीन महिनादेखी ब्याप्त रह्यो । कसले कती ढिस्का खने । कसका कती लगानी छन, मन्दिरमा ? टुंडालहरु कसरी जडिए भन्ने कुरामा यो समाज अनविज्ञ छैन । मन्दिर निर्माण, ब्यबस्थापन र फाउन्डेशनको भविश्यको लागि ‘कसका खल्तीमा के छन र कती छन, तिनका पसिनाका मुल्य ‘ सबैलाई थाहा छ । खैर, यो बारेमा फेरी खबरहरु आउंलान ।
नयाँ कार्यसमिती आयो, मन्दिरको भविश्य उज्ज्वल बनाउन । विवादहरु सामसुम्य भए, किन-कसरी भए आगामी लेखमा लेखौंला । नवगठित कार्यसमितीसंग त्यती अर्थ नराखे पनि ‘अर्थ संकलनको लागि’ चर्चित देउसी भैलो कसरी होला भन्ने चुनौती थियो । देउसिरे ! देउसिरे !! भन्न मात्रै जम्मा हुने वा सधैं जसरी ‘देऊ न श्री’ भन्ने ! ११०० डलर उठेको नव-निर्वाचित सभापतिको घरमा सम्पन्न देउसीमा जान सकिएन भने स्थानिय जग्गामा सम्पन्न देउसीमा मुख देखाउन पुगिने सौभाग्य मिल्यो ।
‘नाम काटेर, ‘जवर्जस्ती’ बोलेर-गरेर देउसी गाउन अहिले मनाही गरिएको छ’, पुग्ने बित्तिकै थाहा भयो । नजानेको तालमा माग्न नहानेको बाण हान्नुपर्ने नजिर बसेको देउसीमा ताली पड्काईयो, गोडा दुई चालिस झारियो, आईयो । तर खुशीले छोयो मनमा । आयोजक अनिश-सिर्जना राणाले दान्-भेटी बाहेक ११ हजार एक सय एक डलर दान दिए । नव-गठित भाग्यमानी सदस्य केदार पौडेलले ११ हजार एक सय एक डलर बोले । कार्यक्रमको समापन ताक महावाणिज्यदुत ॠषि ढकाल घरजग्गा ब्यवसायी सुरेन सापकोटालाई भन्दै थिए, ‘दान हरेक प्रकारको हुन्छन । तर सफलताको सिंढीं चढ्दै जानुभएका तपाइंबाट रकम भन्दा पनि एउटा ब्यबसायिक अनुकरणको पहल होस्, सुरेनजी ।’
सधैं हांस्न मात्रै जानेका चतुर ब्यवसायी सापकोटाले भने, ‘ त्यस्तो के गरौं, ॠषि सर ?’ ‘तपाइंको ब्यवसाय सम्पन्न हुने प्रत्यक अध्यायमा आफुले सकेको दान गर्नुस्, मन्दिरलाई । एउटा नजिर बन्ने छ ।’ हांसे सापकोटा । करिब २५ हजार डलर संकलन गरेर सम्पन्न भयो, फाउन्डेशनको दोस्रो देउसी ।
कथाहरु लाखौंं दिनेको मात्र हुंदैन । थोरै दिएर लाखौंं उठाउन सहयोग हुन सक्ने प्रयासहरुका पनि कथा हुन्छन । कसैका राम्रा कथा बोल्दा वा लेख्दा ‘जांडमा बिकेको’ मान्ने लस एन्जलसको समाजमा थोरै दिनेहरुका लेख्दा या बोल्दा ‘जड्याहा’को उपमा लाग्छ । तर हरेक कथाहरुमा बिषय हुन्छन । नराम्रो भए पनि चलेको या नचलेको गीतको रेकर्डिङ्ग समय करिब समान नै हुन्छ ।
सन १९९५ मा अमेरिका आएका सुरेन सापकोटाले जीवनमा कती दु:ख गरे, यी अांखाले पनि देखेका छन । झोलाभरी सामान बोकेर गल्ली गल्ली ग्रेटर लस एन्जलस चाहरेका सापकोटा नजिक पुदा अहिले ठ्वांस्स सुगन्ध बासाउंछ । उनले लगाउने धारिलो पाईन्टको दाहिने गोजीमा कालो मर्सिडिज बेन्जको सांचो हुन्छ । सर्लक्क परेको ज्यानमा थोरै बांकी रहेको कपालमा नरिवलको तेल घसेर चटक्क पर्दै लस एन्जलसका कुना-कुनामा हुने कार्यक्रममा पुगेकाइ हुन्छन, सुरेन सापकोटा । संस्था वा ब्यक्तिले मागेमा वा आँफैं हेरेर सकेको सहयोग नगरेको कुनै ठाउँं छैन, सापकोटाले ।
यो दारुमा बिकेर सापकोटाको भजन गाउँ लेखिएको होईन, चेतना भया ।
मन्दिरमा सबैभन्दा बढी दान दिने नारायण पाण्डेको लाखौंं रुपैया, त्यो भन्दा कम वा दिंदै नदिनेहरुको पनि कथा लेख्ने मान्छेहरुमा पर्छौ, हामी ।
त्यसो त मन्दिरको यसपालीको अन्तिम सांगें देउसीमा सापकोटा पुगे । सामाजिक सकृयता, ब्यवसायिक आस्था र सहयोगको निरन्तरताको लागि ११ हजार एक सय एक डलर दिए । महावाणिज्यदुत ढकालले आग्रह गरेजस्तै सापकोटाले गर्ने ‘घर जग्गाको ब्यवसायमा किनबेचको प्रत्यक एक ब्यवसाय बराबर ५०० डलर घोषणा गरे ।
५० हजार दिनेको नाम गुमनाम छ, ५०० डलर उधारो बोल्नेको कथा लेखेर बिक्यो भन्ने समाजलाई एउटा गतिलो झापाड दिएका छन, सापकोटाले । आफुसक्दो सहयोग गरेर ५०० डलर निरन्तर दिने उनको उदाहरणीय कामको लागि सलाम छ । पछील्लो समयमा अमेरिकामा नेपालीले गर्ने एउटा फस्टाउंदै गएको घर जग्गाको ब्यवसायमा सफलता हासिल गर्दै गएका सापकोटाको यो कदमले ‘सामुदायिक केन्द्र निर्माण’ गर्ने अभियानमा लागेका अमेरिकी नेपाली सामुदायिक संस्थाहरुका लागि पनि अनुकरणीय हुनेछ ।