२०८१ वैशाख ११ गते | 23rd of April 2024

छैठौं राष्ट्रिय लोकदोहोरी अवार्ड मनोनयन, भोटको आधारमा निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर ३ गते १२:१५

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिद्वारा आयोजित छैठौं पृथ्वी लोकदोहोरी अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ ।
काठमाडौँ स्थित प्रज्ञा भवन कमलादीमा मङ्सिर १ गते मनोनयन भएको हो । समन्यव समितिका अध्यक्ष पिएन सापकोटाको सभापतित्व रहेको उक्त कार्यक्रममा, केन्द्रीय अध्यक्ष बद्री पंगेनी प्रमुख अतिथि रहेका थिए ।
कलाकार कल्याणकारी कोषका अध्यक्ष दुर्गा रायमाझी बिशिष्ठ अतिथि रहेका थिए भने केन्द्रीय निवर्तमान अध्यक्ष चन्द्र शर्मा, केन्द्रीय सल्लाहकार रमेश बाबु श्रेष्ठ, समन्वय समितिका संरक्षक पृथ्वी थकाली, केन्द्रीय सचिव शंकर बिसी, केन्द्रीय सदस्य रमेश राज भट्टराई, केन्द्रीय सदस्य कुलेन्द्र बिक, केन्द्रीय सदस्य राजु ढकाल, केन्द्रीय सदस्य देवी घर्ती, केन्द्रीय सदस्य जानकी तारमी मगर, केन्द्रीय सदस्य हरी डाँगी, केन्द्रीय सदस्य बैकुण्ठ महत, केन्द्रीय सदस्य बसन्त थापा लगायत अन्य बिशेष अतिथिको रुपमा रहेका थिए भने थुप्रै कलाकार तथा विभिन्न मिडिया पत्रकारहरुको पनी बाक्लो उपस्थिती रहेको थियो ।

समन्वय समितिकी महिला सचिव शान्तिश्री परियार र प्रथम उपाध्यक्ष राजकुमार रायमाझीले कार्यक्रम संचालन गरेका थिए । “अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नाराकासाथ स्थापित उक्त संस्था प्रतिष्ठान समन्वय समितिले बिगतका बर्षहरुमा भन्दा यस बर्ष फरक तरिकाले छैठौं लोकदोहोरी अवार्डको आयोजना गर्न लागेको अध्यक्ष पिएन सापकोटाले बताए । अवार्ड कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्ष छैठौं संस्करण गर्न लागेको सापकोटाले बताए ।
समन्वय समिति आयोजको रुपमा रहे पनी केन्द्रकै मातहातमा रहेर यो कार्यक्रम गर्न लागेको अध्यक्ष सापकोटाले बताए । समन्वय समितिका बरिष्ठ उपाध्यक्ष सुजन लम्सालले कार्यक्रममा स्वागत मन्तब्य दिएका थिए । निवर्तमान अध्यक्ष चन्द्र शर्मा, कलाकार कल्याणकारी कोषका अध्यक्ष दुर्गा रायमाझी र प्रमुख अतिथि बद्री पंगेनीले पनी यो सालको अवार्ड कार्यक्रम बिगतको बर्षमा भन्दा फरक तरिकाले वितरण गर्न लागेको बताए । बिशेष मिडियाकर्मी हरुले बिगतदेखी पुर्याएको योगदान प्रती खुशी ब्यक्त गर्दै यो कार्यको समाचार पनी जस्ताको त्यस्तै सम्प्रेषण गरी प्रचारप्रसार गर्न आग्रह गर्नुका साथै विभिन्न संघ संस्थालाई पनी यस कार्यक्रममा विभिन्न माध्यमबाट सहयोग गरी सफलताका साथ सम्पन्न गरिदिनका लागी शुभकामना मन्तब्य दिँदै आग्रह गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाबाट रु ५ लाख ८१ हजार ५ सय कलाकार कल्याणकारी कोष अभिबृद्धिका लागी प्राप्त भएको र युरोप शाखाको उपाध्यक्ष प्रतिष्ठान केन्द्रीय कार्यालयमै आई कल्याणकारी कोषका अध्यक्ष दुर्गा रायमाझीलाई हस्तान्तरण गरेको, केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि बद्री पंगेनीले बताए । मङ्सिर २९ गते सम्पन्न हुने अवार्ड वितरण कार्यक्रममा धेरै कलाकार हरुले फम भरेपनी सबै मनोनयनमा पर्न सकेका छैनन् । मनोनयनमा परेका मध्ये यसप्रकार रहेका छन् ।

१. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत
तारापती सुवेदी र जिवन दाहाल, गीत- राष्ट्रियता हामी साट्दैनौं । कृष्णे रेउले र टिका पुन, गीत- डोल्पा जाने रेल बाटो । कला लम्साल, गीत- तराई आँगन । राजकुमार बानियाँ, गीत- सुन्य भयो गाउँघर । सुवास कुँवर र सर्मिला थापा, गीत- सर्वहारा जनता बाट परेका छन् ।

२. सर्वोत्कृष्ट लोकदोहोरी गीत
मौसम गुरुङ, गीत- अन्धोपन । नरेश खाती, गीत- रुँदै रुँदै तिम्रो शहर । सम्झना भण्डारी, गीत- छिन छिन बज्ने चुरा । यज्ञ बिक, गीत- खोलिको किनारा । प्रमिला तामाङ, गीत- धानको बाला लसारी बाट परेका छन् ।

३. सर्वोत्कृष्ट परम्परागत गीत
दुर्गा गुरुङ, गीत- (कौडा) ठुल ढुङ्गाको बजार । बैकुण्ठ महत, गीत- (देउडा) लैजा रुमाल । सुस्मिता घर्ति, गीत- घुम्टे साइलो (पन्चेबाजा) । तिर्सना घर्ती, मगर गीत- यानीमाया । दिनेश गुरुङ, राजन कार्की र सिता केसी, गीत- वारी दरौँ सालैजोबाट परेका छन् ।

४. सर्वोत्कृष्ट लोकगीत
राजु गुरुङ, गीत- ज्याग्दी रयाले । सिता थापा, गीत- दुई रुपैयाको बिडी । मौसम गुरुङ, गीत- दृष्टिबिहीन । रंजिता थापा, गीत- न्याउली जस्तै रुनु पर्याछ । आयुष परियार, गीत- बरु यसै साइँली बोलको गीतबाट परेका छन् ।

५. सर्वोत्कृष्ट लोकदोहोरी शब्द
मिन दर्लामी, गीत- नभन नाई नाई भनेर । रबिन लामिछाने, गीत- घडी । डी आर सुजन, गीत- मुखले ठिक्क पार्नेलाई । केशव पौडेल, गीत- गुन्द्रुक मिठो सागको । टुरिष्टजंग बिक, गीत- मनभित्र आगोबाट परेका छन् ।

६. सर्वोत्कृष्ट लोकदोहोरी लय (भाका)
प्रशाद लामिछाने, गीत- मुटुमा बसेको मायाँ । रामु खड्का, गीत- बरु यसै दु:खी । नरेश खाती, गीत- रुदै रुदै तिम्रो शहर । सुरेश रमण अधिकारी, गीत- औंसिया । ऋषी खड्का, गीत- भाग्य बाट परेका छन् ।

७. सर्वोत्कृष्ट लोकदोहोरी गायक
रामजी खाँण, गीत- लाहुरेको छोरी । खुमन अधिकारी, गीत- नभन नाई नाई भनेर । कृष्ण रेउले, गीत- गाउँमा हल्ला चल्यो । राजु ढकाल, गीत- कसम खाएको । मेक्सम खाती, गीत- रुदै रुदै तिम्रो शहरबाट परेका छन् ।

८. सर्वोत्कृष्ट लोकदोहोरी गायिका
देवी घर्ती, गीत- खोलिको किनारा । राधिका हमाल, गीत- लाहुरे । पूर्णकला बिसी, गीत- रुदै रुदै तिम्रो शहर । जुना श्रीष, गीत- परदेशी उतै हरायो । सम्झना भण्डारी गीत- छिन छिन बज्ने चुरा बाट परेकी छन् ।

९. सर्वोत्कृष्ट नव लोकदोहोरी गायक
खेम सेन्चुरी, गीत- तामे करुवा । बालकुमार श्रेष्ठ, गीत- विधाता । बिक्रम परियार, गीत- गुन्द्रुक मिठो सागको । सुर्य खड्का, गीत- घडी । यज्ञ बिक, गीत- खोलिको किनारा बाट परेका छन् ।

१०. सर्वोत्कृष्ट नव लोकदोहोरी गायिका
सुनितामी परियार, गीत- छाडी गयौ । भिमु गुरुङ, गीत- लाहुरेको छोरीले । निरु श्रीष, गीत- काफलै पाक्यो । गिता सेन्चुरी, गीत- तँ भनेर छोड्यो । सुस्मिता घर्ती, गीत- घुम्टे साइलो बाट परेका छन् ।

११. सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो निर्देशक
शंकर बिसी, गीत- गाउँमा हल्ला चल्यो । कपिल लामा, गीत- बरु यसै दु:खी छु । स्मृति तिमिल्सिना गुरुआमा, गीत- आँशुका कारखाना । बिक्रम चौहान, गीत- पिरतीको एक्का । मौसम हिमाली, गीत- गुन्द्रुक मिठो सागको बाट परेका छन् ।

१२. सर्वोत्कृष्ट लोकदोहोरी नायक
महेन्द्र गौतम, गीत- घडी दियौ उपहार । बिमल अधिकारी, गीत- सुन सबैले सुन । प्रेम थापा, गीत- बाचा । बुद्धविर थापा, गीत- दुखिले पनी । आशिर प्रताप जंग, गीत- आँशुको कारखाना बाट परेका छन् ।

१३. र्वोत्कृष्ट लोकदोहोरी नायिका
रंजिता गुरुङ, गीत- घडी दियौ उपहार । मंजिता केसी, गीत- गोरेटो । सारिका केसी, गीत- आँशुको कारखाना । दिपासा बिसी, गीत- चर्चित । साया भण्डारी, गीत- सुन सबैले सुन बाट परेका छन् ।

१४. सर्वोत्कृष्ट लोकदोहोरी नायक (नृत्य)
शंकर बिसी, गीत- कान्छी ओइ कान्छी । रामजी खाँण, गीत- लाउरेको छोरी । काजिश श्रेष्ठ, गीत- रातो अबिर । बिक्रम चौहान, गीत- मन पराए । धुर्व हिमाली, गीत ठमेल बजारबाट परेका छन् ।

१५. सर्वोत्कृष्ट लोकदोहोरी नायिका (नृत्य)
रश्मी तामाङ, गीत- कान्छी ओई कान्छी । करिश्मा ढकाल, गीत- गुन्द्रुक मिठो सागको । रिना थापा मगर, गीत- गाउँमा हल्ला चल्यो । सरिश्मा राम्जाली, गीत- चाचर । टिका जैसी, गीत- मन पराए बाट परेका छन् ।

१६. सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो छायांकन
दुर्गा पौडेल, गीत- कान्छी ओइ कान्छी । करण चैसिर, गीत- लाउँदैछ रे मेला । शम्भु चालिसे, गीत- नभन नाई नाई भनेर । बासु बराल, गीत- फुलको बास्नाले । शुरेस श्रेष्ठ, गीत- आँशुको कारखाना बाट परेका छन् ।

१७. सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो सम्पादन
प्रविण भट्ट, गीत- गुन्द्रुक मिठो सागको । दिपक बिष्ट, गीत- पीडाको राजधानी । मिलन बिक, गीत- पिरतीमा एक्का । नबिन घर्ती मगर, गीत- गाउँमा हल्ला चल्यो । प्रकाश धमला, गीत- मिर्मिरे बासेको भाले बाट परेका छन् ।

१८. सर्वोत्कृष्ट लोकदोहोरी रेकर्डिष्ट
अर्जुन बिरही, गीत- लाहुरेको छोरी, मारुनी स्टुडियो । दिपक सुनार, गीत- बागलुङे नानि, प्रिज्म स्टुडियो । गोबिन्द पराजुली, गीत- बन्दीपुरे नानी, मार्मिक स्टुडियो । सुमन राना, गीत- तेरी बुढी आई, मारुनी स्टुडियो । पवन बिश्वकर्मा, गीत- लुकी लुकी नहेर, सुरताल स्टुडियो बाट परेका छन् ।

१९. सर्वोत्कृष्ट लोकदोहोरी मिक्सीङ
मान बहादुर बराल, गीत- बन्दीपुरे नानी । रमेश सेन्चुरी, गीत- लुकी लुकी । सन्तोष पौडेल, गीत- नौजाले मायाँ । संजय श्रीपाल, गीत- दाईने बर । कुमार सानु पुन, गीत- बाचा बाट परेका छन् ।

२०. सर्वोत्कृष्ट लोकदोहोरी संगीत संयोजन
कमल सौराग, गीत- गाउँमा हल्ला चल्यो । कृष्ण बिक भान्जा, गीत- खोलिको किनारा । केशब बडू, गीत- मायाँकै पिरलो । बिश्वास नेपाल, गीत- म मरेको दिन । डोलराज बाह्र घरे, गीत- चोली तुनाले बाट परेका छन् ।

२१. सर्वोत्कृष्ट गायक लोकदोहोरी साँझ
जय बिक, निरमायाँ दोहोरी साँझ । संगम गुरुङ, डाँफे दोहोरी साँझ । आरसी कोइराला, भन्ज्याङ दोहोरी साँझ । मदन परियार, डाँफे दोहोरी साँझ । बालचन्द्र बराल, राजधानी दोहोरी साँझ बाट परेका छन् ।

२२. सर्वोत्कृष्ट गायिका लोकदोहोरी साँझ
बेलिमायाँ पुलामी, चौतारी दोहोरी साँझ । रंजिता थापा, ललितपुर रोधी क्लव । डोल्मा लामिछाने, नगरकोट दोहोरी साँझ । झरना पुन मगर, गामबेसी दोहोरी साँझ । अमृता श्रीपाल, गाउँले दोहोरी साँझ बाट परेका छन् ।

२३. सर्वोत्कृष्ट दोहोरी साँझ बाद्यबादक
कमल ओली, मादल । कमल कुमार बिक, सारंगी । चन्द्र लामा बाँसुरी । दिपक थापा मगर, बाँसुरी । प्रितम थापा, मादल बाट परेका छन् ।

२४. सर्वोत्कृष्ट लोकदोहोरी प्रतियोगी गायक
यज्ञ प्रसाद भट्टराई, स्याङ्गजा । अर्जुन खड्का, बर्दिया । भिम पौडेल, स्याङ्गजा । प्रकाश पराजुली, स्याङ्गजा । मान सिंह खड्का, सुर्खेत बाट परेका छन् ।

२५. सर्वोत्कृष्ट लोकदोहोरी प्रतियोगी गायिका
बबिता बानियाँ जेरी, गोरखा । डिला बिक, सुर्खेत । मिना बुढाथोकी, स्याङ्गजा । कल्पना दाहाल, सिन्धुपाल्चोक र अस्मिता डिसी चितवन बाट परेका छन् ।

यहाँ मनोनयनमा परेका मध्ये भोटको आधारमा अवार्ड प्राप्त गर्ने छन् । आगामी मङ्सिर २९ गते अवार्ड कार्यक्रममा सम्पूर्ण बिवरण आउनेछ । उपत्यका समन्वय समिती आयोजकको रुपमा रहने छ भने यस अन्तर्गत रहेका ९ वटा समिती सह आयोजकको रुपमा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *