२०८१ वैशाख ७ गते | 19th of April 2024

रणबिरसँग मेराे विवाह हेर्न केही समय कुर्नुस्: आलिया भट्ट

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर ६ गते १९:५२

बलिउड – बलिउडमा दीपिका पादुकोण र रणवीर सिंहको विवाह पछि दीपिकाका पूर्व प्रेमी रणबिर कपूर र आलिया भट्टले कहिले बिहे गर्लान त भन्ने कुराको चर्चा मिडिया तथा सामाजिक संजालमा भइरहेको छ । तर अभिनेत्री आलिया भट्टले भने रणबिर कपूरसँग उनको विवाहको विषयमा नयाँ कुराको खुलासा गरेकी छिन् । रणवीर र दीपिकाको विवाहलगत्तै रणबिर कपूर र आलिया भट्टले पनि २०१९ भित्र विवाह गर्ने खबर चर्चामा आएको थियो । तर आलियाले भने फ्यानहरुलाई केही समयका लागि पर्खनुपर्ने बताएकी छिन् ।

आलियाले भनिन्, ‘यदि फ्यानहरुलाई मेरो विवाह हेर्न हतार भइरहेको छ भने अझै केही समयसम्म पर्खनु पर्छ,’ उनले अगाडि भनिन्,‘यदी क्लाइमेक्स राम्रो भयो भने त्यसको अन्त्य पनि राम्रो समाचारबाटै हुनेछ ।’ बलिउडमा केही समय यता आलिया र रणबिरको प्रेम सम्बन्धकै चर्चा हुने गरेको छ । खबरहरुका अनुसार आलिया र रणबिर पछिल्लो १ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । तर यि दुवैैले सार्वजनिक रुपमा आफूहरुको सम्बन्धलाई स्वीकार गरेका छैनन् ।

अहिले आलिया र रणबिर फिल्म ‘ब्रम्हास्त्र’ को छायाँकनमा व्यस्त छन । यि दुवैका सेटमा खिचिएका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा छाइरहेका छन् । आलिया आजभोलि २ वटा फिल्म ‘कलंक’ र ‘ब्रम्हास्त्र’ को छायाँकन एकसाथ गरिरहेकी छिन् । एक जमानामा बलिउडका कैयौं ठूला स्टारहरु एक दिनमा २÷३ सिफ्टमा फरक फरक फिल्ममा काम गर्ने गर्थे । अहिलेको पुस्तामा त्यसरी काम गर्ने आलिया भट्ट एक्ली अभिनेत्री हुन् । उनी दिउँसो अभिषेक वर्मनको फिल्म ‘कलंक’ को छायाँकनका लागि दहिसर पुग्छिन् । दहिसर मुम्बईबाट कोसौं टाढा उत्तर तर्फ पर्छ ।

त्यहाँको छायाँकनको काम सकेर उनी साँझ घर फर्कन्छिन् । त्यसपछि फेरी उनी मुम्बईको दक्षिण तर्फ लाग्छिन् जहाँ उनी रातभर अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ को छायाकनमा व्यस्त हुन्छिन् । खबरहरुका अनुसार छायाँकंनको काम सकिएलगत्तै आलिया कम्बल समातेर सिधै आफ्नो गाडी तर्फ दौडिन्छिन । र उनी त्यही गाडीकै सीटमा सुत्ने गर्छिन । आजभोली आलियाको निन्द्रा गाडीमा ओहोर दोहोर गर्ने बेलामा मात्रै सिमीत भएको छ । अहिले आफ्ना लागिसमेत समय दिन नसकेकी आलिया भट्टले विवाहका लागि समय दिन नसक्ने भएकै कारण उनका फ्यानहरुलाई विवाहका लागि केही समय कुर्न भनेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *