1

पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ – करण जोहर

277 पटक पढिएको

मुम्बई – करण जोहर बलिउडमा निकै परिचित नाम हो । फिल्म निर्देशनबाहेक उनी विभिन्न कार्यक्रम पनि संचालन गर्ने गर्छन् । यसैले उनलाई चर्चित बनायो । उनको हाउभाउ पनि चर्चाको अर्को विषय हो । थुप्रैले उनको लैङ्गिकतामाथि नै प्रश्न गर्छन् । करण जोहरले हालै एक कार्यक्रममा आफ्नो जीवनसँग जोडिएका विभिन्न महत्वपूर्ण खुलासा गरेका छन् । उक्त कार्यक्रममा उनले पुरुष बन्नका लागि तीन वर्ष तालिम लिएको खुलासा गरे ।

उनले भने, ‘बच्चाहरुले मेरो मजाक उडाउँथे । सबैले भन्थे कि म केटीजस्तै हिँड्छु, त्यसरी नै रुन्छु । मैले पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ । बुवासँग झुटो बोलेर तालिम लिन जान्थें ।’आफ्नो आवाजका कारण नै मानिसहरुले जिस्काउने गरेको उनले बताए । करणले भने, ‘‘केटीजस्तै नहिँड, उनीहरुले जस्तो ननाच’ म यो सुनेर हुर्किएको हुँ । कतिपटक त मेरो आवाज केटीको जस्तो छ भनेर जिस्क्याइन्थ्यो । मानिसहरुको यस्तो प्रतिक्रिया सुनेर म यति तनावमा भएँ कि १५ वर्षको उमेरमा उपचारका लागि म डाक्टरकोमा गएँ ।’

Image result for karan johar

करणले भने, ‘मैले स्पिच थेरापिस्टकोमा गएर आफ्नो आवाज परिवर्तन गर्न चाहेको बताएँ । यसका लागि मैले तालिम लिएँ र तीन वर्षसम्म आवाज परिवर्तनका लागि अभ्यास गरेँ । यो समय मेरा लागि निकै खराब थियो । म तालिम लिन जाँदा बुवासँग झुट बोल्थें । ट्युशन जाँदै छु भन्थें किनभने म उहाँलाई बताउन सक्दिनथें कि म पुरुष बन्ने क्रममा छु ।’

Image result for karan johar

मेरो बुवाले मलाई कहिले पनि गाली गर्नुहुँदैनथ्यो । मेरो घरमा त्यस्तो वातावरण नै थिएन । ८ वर्षको हुँदा मैले सरगम फिल्म हेरेको थिएँ । फिल्मको ‘डफली वाले डफली बजा’ बोलको गीत मलाई निकै मनपर्दथ्यो । म घरमा यो गीतमा नाच्थें । म सधैं जया प्रदाले नाचेको भाग नाच्थें । सबैभन्दा राम्रो कुरा त के थियो भने मलाई यस्तो गरेको देखेर बुवाले कहिले पनि गाली गर्नु भएन । ‘यस्तो नगर’ समेत भन्नु भएन ।Image result for karan johar

उनले थपे, ‘घरमा त कसैले पनि भन्दैनथे कि म गलत गरिरहेको छु तर जब घरबाहिर निस्कन्थें छिमेकीका बच्चा र स्कूलका सिनियर्सले मेरो मजाक उडाउँथे । स्कूलमा हाँसोको पात्रो बनाउने भएकाले मैले खेलकुदमा भाग लिन बन्द गरें । जब म हिँड्थे, दौडन्थे, बच्चाहरुले मेरो खिल्ली उडाउँथे । मेरो हात–खुट्टा अन्य केटाहरुको जस्तो थिएन । म जतिबेला बोल्थें मानिसहरु मेरो आवाजमाथि हाँस्थे । यति हुँदा हुँदै पनि मेरो परिवारको मप्रतिको व्यवहार निकै प्रिय थियो । उहाँहरुलाई कहिले पनि लागेन कि म केही अचम्मको व्यवहार गरिरहेको छु ।’Image result for karan johar

तपाईको प्रतिक्रिया

नेपाली जनसम्पर्क समिति, अमेरिकाले कोरोना महामारीले आक्रान्त अमेरिकामा नेपाली समुदायको.. ...

छुट्टी छ। फूर्सदै फूर्सद छ। हुनेका घरमा सबै, संगै छन्। नहुने, नेपाल र अम्रिकाकै दिन, रात एकै.. ...

लस एन्जलस - श्रीपशुपतिनाथ फाउन्डेसनका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता र नेपालका लागि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...