२०८१ वैशाख १३ गते | 25th of April 2024

क्रिश्चियन परम्परामा प्रियंका र निकको विवाह, भोली हिन्दू संस्कारमा

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १६ गते ४:५३

नयाँ दिल्ली – भारतको जोधपुरमा बलिउडकी नायिका प्रियंका चोपडा र निक जोनसको विवाह सम्पन्न भएको छ। आज क्रिश्चियन परम्परामा विवाह सकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भोली उनीहरुको विवाह हिन्दू संस्कारमा हुने पनि बताईएको छ। प्रियंका र निकल स्विट्जरल्याण्डको एक फेमस ज्वेलर्सको डिजाईनमा बनाएको औँठी एक अर्काले लगाएर बाईबलको कशम खाएका हुन् ।

आईतबार हुनेछ सात फेरो : प्रियंका र निकको हिन्दू परम्परा अनुसार नि विवाह हुँदै छ। प्रियंकाले सन्दीप खोसलाको डिजाईनमा तयार पारिएको आउटफिट लगाउने छिन्। विवाह पश्चात दुई पार्टीको आयोजना गरिएको छ। एउटा पार्टी ४ डिसेम्बरका दिन नयाँ दिल्लीमा हुने भएको छ भने दोस्रो पार्टी मुम्बईमाहुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *