२०८१ वैशाख १४ गते | 26th of April 2024

सलमान खान र दीपिका पादुकाेण सबैभन्दा धनी भारतीय कलाकार

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १९ गते १५:१४

मुम्बई – फोर्ब्स इण्डिया म्यागेजिनले यस वर्षका सर्वाधिक धनी १०० जना भारतीय सेलिब्रेटीहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा बलिउडका सलमान खान यस वर्षका सर्वाधिक धनी सेलिब्रेटी बनेका छन् । ५२ वर्षीया सलमान खानले यस वर्ष २५३.२५ करोड भारतीय रुपैयाँको कमाई गरेका छन् । सलमान खानले उनका यस वर्ष रिलिज भएका फिल्म ‘टाइगर जिन्दा हे’ र ‘रेस ३’ को बक्सअफिस कलेक्सनका साथै टेलिभिजन कार्यक्रम र एण्डोर्समेन्टका माध्यमबाट कमाई गरेका हुन् । यसै अनुसार सलमान खान लगातार ३ वर्षदेखि बलिउडका सबैभन्दा धनी अभिनेताको लिष्टमा पहिलो स्थानमा रहिरहेका छन् ।Image result for salman khan

यसका साथै दोस्रो स्थानमा क्रिकेटर विराट कोहली परेका छन् । विराट कोहलीको यस वर्षको कमाई २२८ करोड भारतीय रुपैयाँ रहेको छ । तेस्रो स्थानमा अभिनेता अक्षय कुमारको नाम रहेको छ । एक वर्षमै धेरै फिल्ममा काम गर्नै अक्षयले यस वर्ष १८५ करोड रुपैयाँ कमाएका छन् । गएको वर्षदेखि कुनैपनि फिल्ममा नदेखिएका अभिनेता शाहरुख खानको नाम भने १३औं स्थानमा परेको छ । शाहरुख खानको यस वर्षको कमाई ५६ करोड रहेको छ ।

सार्वाधिक धनी सेलिब्रेटीको लिष्टका आमिर खान छैठौं, अमिताभ बच्चन सातौं र अभिनेता रणवीर सिंह आठौं स्थानमा परेका छन ।

अभिनेत्रीहरुमध्ये दीपिका पादुकोण सर्वाधिक धनी
अभिनेत्री दीपिका पादुकोण भारतका धनी कलाकारहरुको सूचीमा ११२.८ करोड रुपैयाँ आम्दानी गर्दै समग्रमा चौथो स्थानमा परेकी छिन् । दीपिकाले भर्खरै अभिनेता रणवीर सिंहसाँग विवाह गरेकी छिन् । दीपिकाले पति रणवीर सिंहलाईसमेत पछि पारेकी छिन् भने अभिनेत्रीहरुमध्ये भारतकी सर्वाधिक धनी अभिनेत्री बन्न सफल भएकी छिन् ।

Image result for deepika padukone image

दीपिका र प्रियंकाले सँगसँगै हलिउड फिल्ममा पनि काम गरेकाले यि दुवैको तुलना भइरहन्छ । तर यस वर्ष भने दीपिकाले प्रियंकालाई पछि पारेकी छिन् ।
यस वर्ष प्रियंकाको कमाई जम्मा १८ करोड रहेको बताइएको छ भने उनी ४९औं स्थानमा परेकी छिन् । यस्तै यस लिष्टमा अभिनेत्री आलिया भट्ट, अनुष्का शर्मा, कट्रिना केफको नामसमेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *