२०८१ वैशाख १४ गते | 26th of April 2024

फिनल्यान्डमा सुनिईन् स्रष्टा पुष्पा खनाल

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २० गते १७:५५

कुपियो/फिनल्याण्ड – स्रष्टा पुष्पा खनालका दर्जन गीत तथा कविताहरूको वाचन कार्यक्रम सम्पन्न भएको छ । फिनल्याण्डको चिसो मौसममा पनि उनका गीत तथा कविता सुन्न ४० जनाभन्दा बढी फिनिस र नेपालीहरूको उपस्थिति भएको थियो ।

खनालले पहिलो पटक त्यसमा पनि स्वदेश बाहिर अङ्गे्रजी भााषामा यसरी एकल कवितावाचन गरेकी हुन् । यस क्रममा उनले चाहेर तिमीलाई पाउन सकिन, आउँदा जाँदा बाटो परे दाग कति राम्रो, मैले पुज्ने देव, आमा, गुलाव र म, नारी, हे विषलगायतका दर्जन बढी गीत र कविता बाचन गरेकी थिइन् ।

खनालले वि.ंसं. २०५० सालबाट लेख्न थालेकी हुन् । उनका अहिले सम्म २०० भन्दा बढी गीत तथा कविता छन् । एउटा पुस्तक प्रकाशन गरिसकेकी खनालको अब चाँडै अर्र्को पनि गीतको किताव निस्कन लागेको उनले बताईन् । नपालकी उदयमान गीतकार खनालका गीतहरुमा अञ्जु पन्त, स्वरुप आचार्य, नरेन्द्र प्यासी, सरोज कोइरालालगायतका गायक गायिकाले स्वर दिएका छन् । खनालका गीत तथा कवितामा ममता, स्नेह, जागरुकताका साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ ।

उनको गीत तथा कवितामा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपालको कला, संस्कृति र समाजलाई बुझ्न निकै सहयोग गरेको बताएका थिए । 

कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *