२०८१ वैशाख १९ गते | 1st of May 2024

विश्वका सबैभन्दा शक्तिशाली सैन्यबल

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २६ गते ५:३९

प्रत्येक वर्ष फायरपावरले विश्वका शक्तिशाली सैन्यबलको सूची जारी गर्छ । सन् २०१८ को पनि यस्तो सूची जारी भएको छ।

सूचीको पहिलो नम्बरमा अमेरिका पहिलो स्थानमा छ । त्यतिमात्र होइन टप ५ मा गत वर्षको सूचीमा कुनै परिवर्तन भएको छ । तर, यो वर्ष उत्तर र दक्षिण कोरियाको स्थान भने परितर्वन भएको छ ।

सूचीको १ नम्बरमा अमेरिका रहँदा २ नम्बरमा भने रुस छ । यस्तै तेस्रो नम्बरमा चीन छ भने ४ नम्बरमा भारत र पाँचौं नम्बरमा फ्रान्स छ ।

यो वर्ष यस्तो सूचीको छैटौं नम्बरमा बेलायत छ भने सातौं नम्बरमा दक्षिण कोरिया छ । यस्तै जापान ८ औं नम्बरमा रहँदा टर्की ९ नम्बरमा छ । १० नम्बरमा जर्मनी हुँदा ११ औं नम्बरमा इटाली छ ।

यस्तै १२ औं नम्बरमा इजिप्ट हुँदा १३ औं नम्बरमा इरान छ । उता ब्राजिल १४ औं, इन्डोनेशिया १६ औं र इजरायल १६ औं स्थानमा छन् । १७ औं नम्बरमा पाकिस्तान छ भने १८ औं नम्बरमा उत्तर कोरिया र १९ आं नम्बरमा स्पेन रहेको जनाइएको छ ।

यस्तै भियतनाम २० औं नम्बरमा हुँदा अष्ट्रेलिया २१ औ र पोल्याण्ड २२ औं नम्बरमा छ । उता अल्जेरिया २३ औं, ताइवान २४ औं र क्यानेडा २५ औं स्थानमा छन् । साऊदी अरब २६ औं, थाइल्याण्ड २७ औ र ग्रीस २८ औं नम्बरमा छ । यस्तै युक्रेन २९ र चेक रिपब्लिक ३० औं नम्बरमा छ ।

टप १०० मा पर्न नसकेको नेपाल भने १०१ औं स्थानमा छ । दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा माथि छ भने पाकिस्तान दोस्रो स्थानमा छ । उता बंगलादेश ५७ औं स्थानमा रहँदै सार्कको तेस्रो स्थानमा रहेको छ । यसपछि ७१ औं स्थानमा रहँदै अफगानिस्तान सार्कको चौथो स्थानमा छ ।

यस्तै ८९ औं स्थानमा रहेको श्रीलंका सार्कको पाँचौं स्थानमा छ । नेपाल भने छैटौं स्थानमा छ । १३६ औं स्थानमा रहेको भुटान सार्कको सातौं रहेको छ ।

सैन्य क्षेत्रमा लगानी गरिएको बजेट, सेनाको संख्या, लडाकु विमान, हातहतियार लगायतको विश्लेषण गरेर शक्तिशाली सैन्यबलको वर्गीकरण गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *