२०८१ वैशाख ८ गते | 20th of April 2024

शृङ्खलाको चर्चा किन भयो, किन भएन महेश्वर महर्जनको ?

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १ गते १८:२२

– मणी भट्टराई

शृङ्खला मिस वर्ल्डमा भिडिरहँदा मिडियाहरू शृङ्खलामय भएको, पाठक/दर्शकहरूले पनि शृङ्खलाले देशको नाम रोशन गरिरहेको, विश्वमा देशको नाम चम्काइरहेको कुरा गर्थे । शृङ्खला टप एघारबाट बाहिरिइन् । त्यसपछि पनि ऊनिहरूले भने – “नेपाल जस्तो मूलुकको टप एघार हुनु नै ठूलो कुरा हो ।” त्यसो त ‘नेपाल जस्तो मूलुक’ भनेर नेपाल कस्तो मूलुक हो भनेर ऊनिहरूले भन्न खोजेका हुन् त्यो त मैले बुझिन । तै पनि आज मलाई राम लोहनीले फेसबुकमा लेख्नु भएको एउटा स्टाटस उल्लेख गर्न मन लाग्यो ।
जुन यस्तो छ –

“सुन्दरी प्रतियोगिताको लागि शृङ्खलाको सहभागिता हुँदा नेपालका मिडियाले अर्को विषय नै पाएका थिएनन्। सामाजिक सञ्जाल पनि शृङ्खलामय भएको थियो।
भर्खरै शारीरिक सुगठन प्रतियोगितामा महेश्वर महर्जनको सहभागिताको बारेमा हाम्रा मिडियामा चुइँक्क कुरा उठेन। महेश्वरले स्वर्ण पदक प्राप्त गरेर विश्वविजेता बनेपछि समाचार त आयो, तर तहल्का बमच्चिएको देखिएन। सामाजिक सञ्जाल सुनसान छ।
जसरी सुन्दरी प्रतियोगिताको बारेमा तर्क वितर्क आदि भए। सुन्दरीहरूलाई शरीर बस्तुको रूपमा राखेको बारेमा ठूलो बहस भयो। तर शारीरिक सुगठन प्रतियोगिता कस्तो हो, यसले शरीरलाई वस्तुको स्वरूप दियो कि दिएन, यो शरीरको बजारीकरण हो कि होइन भन्ने बारेमा कुनै वहस भएन। किनभने शारीरिक सुगठनका विजेता, सहभागीहरू महत्वपूर्ण वस्तुको बजारीकरण गर्ने ब्रान्ड एम्बेसेडर पनि हुँदैनन्। तिनका “शरीर” हेर्न आम मान्छेलाई चासो पनि हुँदैन। त्यसै भएर हो? सुन्दरीको लगभग नग्‍न शरीर र पुरुषको लगभग नग्‍न सुगठित शरीरमा यति धेरै भेद किन?”
– राम लोहनी

फेरी केही आफ्नै टिप्पणी :
ऊता महेश्वर महर्जनले विश्व विजेता बनेर स्वर्ण पदक ल्याइसकेछन् । यता म र म जस्ता, अझै म भन्दा इत्तर स्वभावका कसैलाई यो थाहै छैन , जो सृंखलाको पोस्ट दिनमा दस चोटी सेयर गर्थे । यो कतै मिडियामा पनि आएन । अक्कल झुक्कल आए पनि शायद कसैले सेयर गरेन । किनकी सृंखलालाई सेयर गर्नेहरू मिडिया चलाउनेहरू देखि लिएर सर्बसाधरण प्राय: सबै केटाहरू नै थिए, जस्लाई केटीको सुन्दरताको मोहले खिचेको थियो । तीं स्वत परिचालित थिए । सृंखलाले यसो भनिन् पनि सेयर गर्थे/उसो भनिन् पनि सेयर गर्थे । सृँखलाको हल्ला केटीले गरेका होइनन् । साच्चै नै केटाकै काम हो त्यो ।

अब कुरो उट्छ – महेश्वर महर्जनले स्वर्ण पदक ल्याऊँदा पनि देशको नाम राखेनन् कि ? कि चुपचाप पदक लिएर आउनु ऊनको नै गल्ति हो कि ? कि यो आम नारीहरूको गल्ति हो जस्ले पुरूषहरूले सृंखला मार्फत् नारीहरूको सुन्दरताको प्रसंसामा लगाएको गुनको केही प्रतिशत पनि महेश्वर महर्जनको चर्चा गरिदिएर तिरेनन् ।

कि यसको कारण प्राकृतिक स्वभावसँग जोडिएको छ, जस्को कारण नारी पुरूष दुबैलाई दोषी सावित गर्न सकिन्न ? जस्तो कि केटीले भन्दा केटाले नांगो कुरा हेर्न बढी मन गर्दो रहेछ ! अर्थात् त्यस्तो मन दुबैले गरे पनि त्यस्तो देख्यो भने केटोले होहल्ला धेर गर्दो रहेछ । अर्थात् समाज र परिवारले त्यो होहल्ला गर्ने छुट केटालाई मात्र दिएको रहेछ ! प्रकृतित केटोलाई इमोसन कन्ट्रोल गर्न गाह्रो परेर पो हो कि त ?
अर्को कुरा – के सृखलाले देशको नाम रोशन गरिन् भन्ने कुरा फेक थियो ? नेपालको दूरदराजका दुखी मानिसहरूको भिडियो र त्यहाँको दर्दनाक अवस्थामा सृजनाको मल्हमपट्टीले देशको नाम नभएर सृंखलाको नाम मात्र हाइलाइट भएको थिएन त ? जुन काम राज्यको दायित्व थियो र त्यसलाई उनले आफ्नै दायित्व सम्झेर निभाएकी थिइन् । कतै त्यो देशको नभएर सृंखलाको इनर व्युटिको प्रसंग थिएन र ? सृंखलाको भिडियो कै आधारमा पनि देशको नाम संसारभर चीनियो भने पनि कुन रूपमा चिनियो त ? ऊनले भिडियोमा देखाएको तस्वीर नेपालको हो भनेर कि – शृंखला इज फ्रम नेपाल, द्याट्स ह्वाइ नेपाल इज व्युटिफूल भनेर ?

कुरो गर्यो कुराकै दु:ख । खास कुरो त्यही हो राम लोहनी सर्वे भने झैं – कि किन चर्चा भएन छ त महेश्वर महर्जनको ? के नारी नहुनु नै उनको कमजोरी हो त ?

तपाईलाई के लाग्छ ? यो जगतको लीला बुझिसक्नु छ त ? बुझे पनि भनिसक्नु होला त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *