1

शंकर भण्डारीको नेतृत्वमा ६ सय महासमिति सदस्य हिन्दू धर्मको पक्षमा

450 पटक पढिएको

काठमाडौं – नेपाली कांग्रेसको राजधानीमा जारी महासमिति बैठकमा हिन्दु धर्मको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । वैदिक सनातन हिन्दु राष्ट्र निर्माणका लागि नेपाली कांग्रेस महासमिति बैठक मार्फत हिन्दु राष्ट्रको एजेण्डाका लागि हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो । सो अभियानको पहिलो नम्बरमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले हस्ताक्षर गरेका छन् । केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा संकलन गरिएको सो हस्ताक्षर संकलन अभियानमा ६ सय २ जना महासमिति सदस्यले हस्ताक्षर गरिसकेका छन् ।

हस्ताक्षर संकलन अभियान जारी रहेको छ । संकलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई भोली बुझाउने कार्यक्रम रहेको छ । यसअघि केन्द्रीय सदस्य भण्डारीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने र त्यसको अगुवाई कांग्रेसले गर्नुपर्ने भन्दै केन्द्रीय कार्य समितिमा वकालत गर्दे आईरहेका थिए । मुलुकको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा हुन थालेकोले आफूहरुले महासमिति बैठकमा हिन्दू धर्मको पक्षमा आवाज उठाएको केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको छ ।

वहुसंख्यक हिन्दुहरुको बसोबास रहेको नेपाल विश्वमा हिन्दुत्वकै कारण परिचित रहेको हुँदा कुनै पनि हालतमा हिन्दुराष्ट्र बनाउनुपर्ने भण्डारीको भनाई रहेको छ । नेपाल राष्ट्रको अस्तित्व कायम हुनु हजारौं बर्ष अगाडि देखि यो भूमि हिन्दुहरुको भूमि भएको हुँदा विश्वका हिन्दुहरुको प्रमुख गन्तव्य बनाउनुपर्ने भण्डारीको भनाई छ, हाम्राकुराले लेखेको छ ।

तपाईको प्रतिक्रिया

  काठमाडौं-सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष (२०७७÷७८) को बजेट परम्परागत रहेको तथा.. ...

भारत - कोभिड-१९ का कारण ठप्प अर्थव्यवस्थालाई चलायमान बनाउन भारत सरकारले आर्थिक गतिविधि खुकुलो.. ...

काठमाडौँ  - नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव आज जुम प्रविधिमार्फत सम्पन्न भएको छ। सो.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...