२०८१ वैशाख ७ गते | 19th of April 2024

कांग्रेसलाई छोरा जयविर र चिन्तनकोजस्तै भविश्यमा जोड्नुस् : भण्डारी

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ४ गते २२:२४

काठमाण्डौं – नेपाली कांग्रेसको जारी महासमिति वैठकमा गैर आवासीय नेपालीको विषयले प्रवेश पाएको छ । अमेरिका लगायत विभिन्न देशमा रहेको नेपाली कांग्रेसको जनसम्पर्क समितिका नेताहरुले महासमिति सदस्यको रुपमा महासमिति वैठकमा सहभागिता जनाएका छन् । अमेरिकाका जनसम्पर्कका नेताहरु आनन्द विष्ट, विष्णु सुवेदी, हरीबोल भण्डारी लगायतको सहभागिता वैठकमा रहेको छ ।

महासमिति वैठकमा सहभागी नेता हरी बोल भण्डारीले गैर आवासीय नेपालीको सन्दर्भमा कांग्रेस लचिलो बन्नुपर्ने बताएका हुन् । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सल्लाहकार समेत रहेका उनले कांग्रेसकैं सरकार रहेको समयमा गैर आवासीय नेपालीलाई दोहोरो नागरिकताको कानुनत: व्यवस्था गरिएको स्मरण गर्दै गैर आवासीय नेपालीको सन्दर्भमा कांग्रेसले फराकिलो मन बनाउनुपर्ने बताए । उनले कांग्रेसले विधानमा समेत गैर आवासीय नेपाली र जनसम्पर्कका सन्दर्भमा सरल र खुल्ला व्यवस्था अपनाउन सुझाव दिए । सवैंलाई जयविर र चिन्तन देख्नुहोस्: नेता भण्डारी

कांग्रेस पार्टीको स्थापना समेत देश वाहिर भएको स्मरण गर्दै उनले कांग्रेस सधैं खुल्ला व्यवस्थामा विश्वास गर्ने भएकाले महासमिति वैठकले विधानलाई जटिल नवनाउने पक्षमा उभिएर निर्णय गर्ने आशय उनको थियो ।  एक अर्को प्रसङ्गमा नेता भण्डारीले अहिले स्थानीय देखि संघीय सरकार समेत कम्युनिष्ट रहेको सन्दर्भमा अव कांग्रेस झन् आफूलाई एकतावद्ध गराएर जनतामाझ जानुपर्ने बताए । 

उनले अहिले समूह समूहमा विभाजित हुनु कांग्रेसको लागि घातक हुने भन्दैं मिलेर अघि बढ्न नेतृत्वसँग आग्रह गरे । उनले सवैं महासमिति सदस्य देखि कार्यकर्तालाई जयविर देउवा (सभापति देउवाका छोरा) र चिन्तन पौडेल(नेता पौडेलका छोरा)को रुपमा हेर्न सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष आग्रह गर्दै यसो हुन सक्दा गुटवन्दी अन्त्य हुने जनाए ।

https://www.facebook.com/upindra.karki/videos/2475994292474361/

Leave a Reply

Your email address will not be published. Required fields are marked *